- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले आफूले संसदमा बोल्न नपाएको बताएका छन् । आफूले पटक पटक आकस्मिक समयमा बोल्नका लागि माग गरे पनि समय नपाएको भन्दै उनले सामाजिक सञ्जालमार्फत दुःख पोखेका छन् ।
के भन्नका लागि उनले पटक पटक समय माग गरेका थिए भन्ने बारेमा उनले बुधबार राति नै सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
सांसद केसीले फेसबुकमा यसो लेखे,
‘आज पटक पटक आकस्मिक समय को निमित्त सँसदमा समय माग गरे तर पाइन िराख्न खोजेको भनाइ सारांशमा यहाँ प्रस्तुत गरेको छु।
देश भ्रष्ट र तस्करको स्वर्ग भएको छ ।
–गरिब देशमा हुने भ्रष्टाचार र तस्करी भोको गरिबको झोपडीमा भएको डकैती हो ।
–त्रिभुवन विमानस्थल ‘तश्करहरूको स्वर्णद्वार’ भएको छ । सुन तस्करको लागि अनुकुल वातावरण बनाईएको छ भन्ने चर्चामा आएको छ ।
–साउन ३ गते एयरपोर्ट भन्सारबाट एकसय किलोग्राम छापावाल सूनको हाक्काहाक्की तश्करीमा रहस्यमय सूचना छताछुल्ल भएका छन्—
क, नयाँ आर्थिकवर्षको बजेट कार्यान्वयन हुनथालेको १–२ दिनमै सून तस्करी भएको दिन एयरपोर्ट भन्सारमा जिम्मेवार माथिल्लो निजामती र प्रहरी अधिकारी नेतृत्वविहिन बनाएर राख्नु अर्थमन्त्रालय र गृहमन्त्रालयको बेवास्ता र लापरवाही नै यो सून तश्करीको प्रमुख कारण देखिन्छ।
ख, प्राप्त भरपर्दो जानकारीअनुसार, नेपालमा तीन महिनाअघि खुलेको ‘रेडी ट्रेड’ नामक कम्पनीले २२ पटकभन्दा बढी मोटरसाईकलको ब्रेक सु आयात गर्दा दुई हजार किलो भन्दा बढी सून लुकाई ल्याएको अनुमान छ ।
ग, अर्थमन्त्री, अर्थ र राजस्व दुवै सचिवले भन्सारका गतिविधि प्रत्यक्ष हेर्न मिल्नेगरी तयार गरिएको प्रणाली– ‘लाइभ मनिटरिङ सिस्टम’ एक वर्षदेखि अर्थ मन्त्रालयमा टुटेको र विभागमा मात्रै कायम रहेको रहस्य के हो ?
घ, देशका मूख्य २४ वटै भन्सार नाकाहरूमा लापरवाही र भ्रष्टाचारलाई छुट दिनु । अर्कातिर स्वीस बैंकमा नेपालीहरूको स्रोत नखुलेको अवैध धनराशी बढ्दै गएर सन् २०२२ मा ४६ अर्ब रुपैयाँभन्दा बढी पुग्नु । यो यस्तै तस्करी र भ्रष्टाचारको रकम हो ।
ङ, कार्यालयको नेतृत्व एकदमै चनाखो र चलायमान हुनुपर्छ । अत्याधुनिक भन्सार मनिटरिङ प्रणालीलाई छलेर तस्कर समूहले सुन पास गराउनु, राजनीतिक संरक्षण र उच्चस्तरीय मिलिभगत नभई सम्भव नै छैन । दोस्रो कुरा, गृह र अर्थमन्त्रालयको कुनै प्रकारका संलग्नता नभै यो हुनै सक्दैन । यसमा केवल भरिया होईन उच्चस्तरनै संलग्न रहेको छ भन्नेमा कुनै शंका छैन ।
च, पसिनाको कमाईले विदेशमा किनेको एउटा मोबाइल सेट दुई तोला सुन ल्याउँदा अनेकौं झण्झट अपमान र किचलो सहनुपर्ने, तर क्विन्टलका क्विन्टल सून ल्याउने तस्करहरु कसरी उम्कन्छन् ?
–सरकारले आर्थिक अपराधलाई निमिट्यान्न पार्न सकेन भने सुशासन नारा मात्र रहन्छ र आर्थिक अपराधीले सरकारलाई सिध्याउँछन् ।
–माथिदेखि तलैसम्म ‘सेटिङ्’ नमिलाई अर्बौं डलरको तस्करीका लागि सुब्बा, खरदार वा भन्सारकै कर्मचारीले मात्र किमार्थ आँट गर्न सक्दैनन् ।
–बरामद भएको सय के।जी। सून, विशाल हिमशिलाको टुप्पो मात्र हो । हरेक वर्ष सयौं असाधारण आर्थिक अपराध काण्ड हुने गर्छन् र दण्डहीनताको सुविधा पाएर सत्तामा आफ्नो बलियो पहुँच मिलाएका छन् ।
–समानान्तर अर्थतन्र चलाइरहेका आर्थिक अपराधीहरूले सत्ताबाट उन्मुक्तिको सुविधा लिएर वैध अर्थतन्त्रलाई निरन्तर खुम्च्याइरहेका छन् ।
–केही समय अवधिमा ८०१ केजी (आजको मूल्यमा करिब सात अर्ब छैसठ्ठी करोड छहत्तर लाख सत्तरी हजार) सून तस्करी बरामद भएछ, बरामद नभएको दर्जनौ गुणा बढी कति हो कति, सबैमा बिचरा भरिया बाहेक मालिक सुरक्षित र उन्मुक्त भएका छन् । तर कारवाही हेर्दा सून बोकेका भरियामात्र परेछन् ।
यसको वास्तविकता जिम्मेवार पक्षले तत्कालै सदनमा प्रस्तुत गरोस् ।
यसको समग्रतामा छानबिन गर्न उच्चस्तरीय छानविन आयोग गठन होस। व्यक्ति,पार्टी र पद को प्रभावमा नपरी तृणमूल स्तह बाट छानबिन हुनु जरुरी छ।'