arrow

हरियाली साउन [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १३ शनिबार
greeny-saun-2080-04-13 (9).jpg

काठमाडौँ । अहिले खेत, बारी, पार्कमा रहेका बाक्ला रुख, हरियो दुबो र घना बाक्लो जङ्गलले आँखा नै हराभरा हुन्छन् । यो वर्ष मनसुन अलि पर धकिलिएसँगै रुख बिरुवा, खेतबाली पनि ढिलै भए पनि हरियाली देख्न पाइएको छ । 

यस्तै अहिलेको समयमा सबैभन्दा मनमोहक हरियाली खेतमै देख्न पाइन्छ । ती खेतमा किसानले झार गोडेको दृश्य त झनै राम्रो देखिन्छ । उपत्यका छेउँछाउँमा खाली रहेका खेतहरुमा पनि यस्तै मनमोहक दृश्य हेर्न पाइन्छ । 

ललितपुरको खोकनाका स्थानीय  पनि अहिले धान गोड्न व्यस्त भएका छन् । जेठको अन्त्य र असारको पहिलो सातातिर खेतमा धान रोपेका स्थानीय अहिले गोडमेल गर्न र मल हाल्नको लागि खेतमा व्यस्त देखिन्छन् । 

स्थानीय बिहानको समय र दिउँसो घाम ढल्किन थालेपछि गोडमेलमा निस्किन्छन् । भर्खरै रोपेको धानलाई झारले खाने भएपछि गोड्नु पर्ने हुन्छ । 

काठमाडौं उपत्यका मात्र नभइ देशका अधिकांश स्थानमा अहिले किसान झार गोड्नमा व्यस्त हुँदैछन् । हरिया फाँटमा सुस्केरा निकाल्दै र गफिँदै किसान गोडमेलमा लागेका छन् । (तस्बिर- नेपाल फोटो लाइब्रेरी)

greeny-saun-2080-04-13 (1).jpg
greeny-saun-2080-04-13 (2).jpg
greeny-saun-2080-04-13 (3).jpg
greeny-saun-2080-04-13 (4).jpg
greeny-saun-2080-04-13 (5).jpg
greeny-saun-2080-04-13 (6).jpg
greeny-saun-2080-04-13 (7).jpg
greeny-saun-2080-04-13 (8).jpg
greeny-saun-2080-04-13 (9).jpg
greeny-saun-2080-04-13 (10).jpg
greeny-saun-2080-04-13 (11).jpg
greeny-saun-2080-04-13 (12).jpg
greeny-saun-2080-04-13 (13).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ