arrow

एकैपटक नौ पुल निर्माण

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १५ सोमबार
dang_district_map.png

दाङ। विकासका पूर्वाधारबाट पछि परेको जिल्लाको पश्चिमी क्षेत्रमा एकै पटक नौ वटा पुल निर्माण हुने भएका छन् ।

आर्थिक वर्ष २०८०र८१ मा पुल निर्माणका लागि रू आठ करोड रकम विनियोजन गरिएको छ ।

लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले चालु आवका लागि जिल्लामा नौ वटा पुल निर्माण गर्ने योजनासहित बजेट विनियोजना गरिएको जानकारी दिए ।

उनका अनुसार रिम, तिनतले र भाँगाबार खोलामा बेलीबृज निर्माणका लागि रू ५० लाखका दरले बजेट विनियोजन गरिएको छ ।

ट्वाङखोलामा डिपिआरसहित पक्की पुल निर्माणका लागि रू एक करोड ५० लाख, पुरन्धारा हुँदै मलै जाने सडकअन्तर्गत बबई नदीमा डिपिआरका लागि रू १५ लाख तथा बखरीया-सरुवाडाँडा-गोल्टाकुरीऔकालितारा सडकमा पुल निर्माणका लागि रू एक करोड २५ लाख बजेट छुट्याएको मन्त्री मास्कीले जानकारी दिए ।

उनका अनुसार तुलसीपुर-हापुर जोड्ने सडकअन्तर्गत तुलसीपुर-१ भमके खोलामा पुल निर्माणका लागि रू एक करोड, शान्तिनगर-३ पातेटाकुरा खोलाका लागि रू ७५ लाख, बौलाखोला माथिल्लो बाटोमा पक्कीपुल निर्माणका लागि रू एक करोड र बबई गाउँपालिकाअन्तर्गत राजीखरे खोलाका लागि रू ७५ लाख बजेट विनियोजन भएको छ ।

दाङको कर्णालीका रुपमा चिनिने गङ्गटे सडकअन्तर्गत हापुरे-गङ्गटे खण्डका विभिन्न खोलामा तीन पुल निर्माण हुन लागेका छन् । यसअघि यस खण्डमा पुल नहुँदा वर्षात्का समयमा आवतजावत ठप्प हुने गरेको थियो । -रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ