arrow

घाँस काट्ने क्रममा भीरबाट लडेर महिलाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १८ बिहिबार
death_1618213452.jpg

गुल्मी । गुल्मीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । घाँस काट्ने क्रममा भीरबाट लडेर महिलाको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार मुसिकोट नगरपालिका-४ डाँडाथोक बस्ने ३६ वर्षीया फूलकुमारी नेपालीको मृत्यु भएको हो । 

नेपाली आफ्ना छोरीहरूसँग स्थानीय ढुङ्गेठाँटी हर्लेखानी सामुदायिक वनमा घाँस काट्न गएकी थिइन् । 

करिब दुई सय मिटर तल खसेकी नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठको नेतृत्वमा  पाँच जनाको टोली घटनास्थलतर्फ गएको जनाइएको छ । 

मृतकको शव घाँस काट्न गएका स्थानीय महिला मिलेर घरमा ल्याई राखिएको छ । 

घटनासम्बन्धी थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ । यो घटना बिहान ९ बजे भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ