arrow

ल्हारक्याल भन्छन्- बुद्धको उपदेशबाट एक इन्च दायाँबायाँ गरेको छैन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २३ मंगलबार
lyakar-lama-press-meet.JPG

काठमाडौं ।  लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्तको चौतर्फ विरोध भएपछि उपाध्यक्ष  ल्हारक्याल लामाले आफू बुद्धको उपदेशबाट एक इन्च दायाँबायाँ नगरेको बताएका छन् । 

 विवादास्पद छविका लामालाई प्रचण्ड नेतृत्वको सरकारले उपाध्यक्ष नियुक्ति गरेको थियो । सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी लामाले आफूमाथि नियोजित रूपमा विभिन्न अभियोग लगाउने काम केही मान्छेहरूले गरिरहेको बताएका छन्  । 

लामाले आफूमाथि लगाइएको सबै अभियोगहरूको अदालतबाटै आफूले सफाइ पाएको पनि बताए । उनले भने,' बुद्धको उपदेशबाट एक इन्च पनि दायाँबायाँ गरेको छैन । र, मेरो जीवन दर्जन र मैले आर्जन गरेको शिक्षाले त्यो गर्न दिँदैन ।'
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ