arrow

काठमाडौँ र बूढानीलकण्ठको सीमानामा बालेनको डोजर [तस्बिरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २५ बिहिबार
ktm-kapan-dozer-2080-04-25 (5).jpeg

काठमाडौँ । कपनमा खहरे खोला अतिक्रमण गरेर बनेका घर हटाउन भन्दै काठमाडौँ महानगरपालिका पुगेपछि तनाव सिर्जना भएको छ । 

बिहीबार दिउँसो काठमाडौँ महानगपालिकाले डोजर लिइ खोलामाथि बनाइएका स्ल्याबहरु भत्काउने तयारी गरेपछि तनाव सिर्जना भएको हो । 

काठमाडौँ महानगरपालिका १० र बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ७ को सीमानामा रहेको सात तले चोक नजिकैको खोला मिचेर घर बनाएको, सेटब्याक नछोडी खोला मिचेको पाइएकाले महानगर उक्त स्थानका संरचना भत्काउन पुगेको थियो । 

तनाव उत्पन्न भएपछि नेपाल प्रहरीले महानगरपालिकाका डोजर चालकबाट डोजरको चाबी खोसेको स्थानीयहरुको आरोप छ । उनीहरुले महानगरले गरेको काम राम्रो भएको र खहरे खोला मिचेर बनाइएका संरचनाहरु भत्काउनुपर्ने धारणा राखेका छन् । 

यता बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० का अध्यक्ष नवराज भट्टराईले बुढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिलाई के गरिँदैछ भन्नेकुरा थाहा नदिइकनै काठमाडौँ महानगरपालिका दलबलसहित फिल्डमा आएको बताए । 

उनले चोर बाटोबाट गरिएको निर्णयलाई आत्मसाथ गर्न नसकिने बताए । उनले भने, ‘काठमाडौँ महानगरपालिका दलबलसहित फिल्डमा आयो । यो काठमाडौँ महानगर र बूढानीलकण्ठ नगरपालिकाको सीमानामा पर्छ । बूढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिलाई के गरिँदैछ भन्ने कुरा थाहा नदिइकनै चोरबाटोबाट यो निर्णय गरिएको छ । यो समन्वयबाट समाधान हुनुपर्छ ।’

त्यस्तै काठमाडौं महानगरपालिकाका महानगरीय प्रहरी प्रमुख राजुनाथ पाण्डेले मेयर वालेन्द्र साह (बालेन) को खहरे खोला मिचेर बनाएका संरचना भत्काउने आदेश रहेकाले भत्काएरै छोड्ने बताए । उनले बूढानीलकण्ठ नगरपालिकाले स्पष्ट हुँदाहुँदै पनि निहुँ खोजेको बताए । 
उनले भने, ‘महानगरले नापिसकेको, महानगर र उहाँहरुबीच पनि कतिपय कुराकानी भएको, म आफैँ पनि कतिपय ती कार्यमा संलग्न भएको, र अहिले खहरेलाई खोल्ने र डुबानलाई जनताको घरमा गएको पानी जुन छ, बुडानीलकण्ठ तिर साइड अग्लो छ, यताको साइड गहिरो छ । त्यो खोलेपछि बाटो समस्या हुन्छ भनेर निहुँ खोजेको अवस्था हो । कानून हातमा लिन खोजेको हो । हामी आफ्नै सीमानामा बस्छौँ र खोल्छौँ ।’

त्यस्तै स्थानीयहरुले भने बूढानीलकण्ठ नगरपालिकाले खहरे खोलाको संरचना मिचेर घरहरु बनाउन दिएकाले भत्काउनुपर्ने माग राखेका छन् । 

उनीहरुले मिचेर बनाइएका संरचना नभत्काएसम्म बाढी र डुबानको समस्या समाधान हुन नसक्ने धारणा राखे । उनीहरुले भुमाफियाका कारण अहिलेको समस्या सिर्जना भएको भन्दै महानगरले चालेको कदम सही रहेको बताए । 

उनीहरुले खोला मिचेर संरचना बनाउनेहरुलै मात्रै महानगरको विरोध गरिरहेको बताए । बालबालिकाहरुलाई विद्यालय लैजान र ल्याउनका लागि पनि पानी परेको बेलामा जोखिम मोलेर आउने जाने गर्नुपरेको गुनासो गरे । 
 

ktm-kapan-dozer-2080-04-25 (6).jpeg
ktm-kapan-dozer-2080-04-25 (7).jpeg
ktm-kapan-dozer-2080-04-25 (8).jpeg
ktm-kapan-dozer-2080-04-25 (9).jpeg
ktm-kapan-dozer-2080-04-25 (1).jpeg
ktm-kapan-dozer-2080-04-25 (2).jpeg
ktm-kapan-dozer-2080-04-25 (3).jpeg
ktm-kapan-dozer-2080-04-25 (4).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ