arrow

नेपालगन्जको विकासलाई प्राथमिकता दिएको छु : मुख्यमन्त्री चौधरी

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३० मंगलबार
dillibahadur.JPG

बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपालगन्जको समग्र विकासमा प्रदेश सरकारले प्राथमिकता दिएको बताएका छन् ।

नेपाली कांग्रेस बाँकेले आज नेपालगन्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।   

उनले भने, “म पनि नेपालगन्जवासी भएकाले यो सहरको विकासका लागि म दत्तचित्त भएर लाग्ने छु, तपाईँहरू पनि आ-आफ्नो स्थानबाट लाग्नुहोस् ।”

नेपालगन्ज सहर पश्चिम नेपालकै केन्द्रविन्दुमा रहेको र लुम्बिनी प्रदेशको प्रमुख औद्योगिक सहरका रूपमा रहेको उल्लेख गर्दै मुख्यमन्त्री चौधरीले नेपालगन्जको समग्र विकासका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।

उनले नेपालगन्जको डुबान समस्या र बाँकेमा हुने गरेको राप्ती नदी, मानखोलालगायतका खोलाले गर्दै आएको कटान तथा डुबान न्यूनीकरणका लागि प्रदेश सरकारले आवश्यक योजना बनाएको उल्लेख गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ