arrow

नक्कली नागरिकता बनाइदिने तत्कालीन वडाध्यक्ष जेल चलान

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १८ सोमबार
sanillal-rajbansi.jpg

झापा । झुटो विवरण पेस गरी नेपाली नागरिकता बनाइदिने भद्रपुर ९ का तत्कालीन वडाध्यक्ष शनिलाल राजवंशीलाई प्रहरीले पक्राउ गरि कारागार चलान गरेको छ ।

राजवंशविरुद्ध झुटो विवरण पेश गरि नागरिकता बनाइदिएको आरोपमा मुद्दा दायर भएपछि राजवंशी फरार रहेका थिए । उनलाई शनिबार पक्राउ गरि आइतबार कारागार चलान गरिएको हो ।

पक्राउ परेका उनलाई अदालतमा पेस गरी कैद भुक्तानका लागि झापा कारागार चलान गरिसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालले बताए । 

उच्च अदालत विराटनगर इलाम इजलासको २०८० जेठ २४ गतेको फैसलाले राजवंशीलाई झुटो विवरण पेस गरी नागरिकता बनाइदिएको मुद्दामा १ वर्ष ३ महिना कैद र एक लाख जरिवानासहितको सजाय सुनाएको थियो ।

घटना विवरणअनुसार जिल्ला प्रशासन कार्यालय झापाबाट २०७३ देखि २०७६ सम्ममा १६ जना गैर नेपालीलाई नागरिकता दिइएको थियो । आर्थिक प्रलोभनमा परी राजवंशीसहित प्रशासन कार्यालयका कर्मचारीदेखि अन्य जनप्रतिनिधिहरू समेत घटनामा मुछिएका थिए ।

गैर-नेपालीलाई नागरिकता दिँदा विभिन्न बिचौलियामार्फत नक्कली जन्मस्थान कायम गराएको थियो । नागरिकता वितरण गर्दा टेकबहादुर गुरुङ र रिना गुरुङलाई बाबुआमा कायम गर्दै नौ जनालाई नागरिकता दिइएको थियो ।

टेकबहादुर र रिनालाई बाबुआमा कायम गरेर नागरिकता लिनेमा नवाङ सिसाप गुरुङ, रिगजेन छोडेन गुरुङ, धोनसेल गुरुङ, वाङ्मो गुरुङ, डोल्मा गुरुङ, पेमा डोल्कर गुरुङ, छिरिङ डिकी गुरुङ र लोब्सान गुरुङ रहेका छन् ।उनीहरू सबैको ठेगाना झापा कायम गरिएको थियो ।

गैर-कानुनी रूपमा नागरिकता पाउनेमा धाइजन–६ झापाका लाक्पा शेर्पा, सञ्जय अग्रवाल, अयुव आलम, ज्योति विश्वास दास, नवाङ डेचेङ तामाङ लगायत छन् ।

प्रशासन कार्यालय झापाले गैर कानुनी रूपमा २०७६ जेठ १२ मा तीन जनालाई, जेठ २० मा एक जनालाई र जेठ २१ तीन जनालाई नागरिकता वितरण गरेको थियो । २०७६ जेठ ६ मा चार जनालाई नागरिकता दिइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ