arrow

बीआरआई भित्र्याउने चिनियाँ षडयन्त्र, लोभको जालोमा पर्दै एमाले र माओवादी नेताहरु

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २४ आइतबार
ncp-uml-maoist.jpg

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्यीय टोली दुई महिनाअघि अर्थात् जेठको दोस्रो साता चीन भ्रमणमा गएको थियो ।

अध्ययन भ्रमणको नाम दिएर गएको सो टोलीमा माओवादीका प्रायः उच्च नेताहरु सहभागी भएका थिए । भ्रमण सिध्याएर नेपाल फर्केपछि सापकोटाले चीन भ्रमण असाध्यै फलदायी भएको बताएका थिए ।

चिनियाँ कम्युनिष्ट पार्टीको मैत्रीपूर्ण निमन्त्रणामा १५ दिन लामो चीन अध्ययन भ्रमण पूरा गरेर स्वदेश फर्किएपछि पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै सापकोटाले दुई पार्टीबीच एक अर्कालाई सहयोग गर्ने लगायतका विषयमा निकै फलदायी कुराकानी भएको बताएर चीनको सहयोग आवश्यक रहेको आशय प्रकट गरेका थिए । 

त्यतिबेला उनले चिनियाँ पक्षको के के विषयमा चासो थियो भनेर त्यति खुलस्त कुराकानी गरेका थिएनन् । एउटा स्मरणीय पक्ष के छ भने उनले आगामी दिनमा चीन भ्रमणलाई व्यवस्थित गर्नका लागि र अभिलेखीकरण राख्नका लागि समिति बनाइएको जानकारी दिएका थिए । अभिलेख राख्नुको कारण भने उनले खुलाएनन् । 

उनी फर्केको ठीक दुई महिनापछि अहिले नेकपा एमालेका महासचिव शंकर पोखरेल नेतृत्वको एमालेका दुई दर्जन नेताहरुले चीन भ्रमण गरिरहेका छन् । उनीहरुले पनि त्यहाँ सहयोग आदानप्रदान मात्र होइन सम्झौता नै गरिसकेका छन् । 

यसो हेर्दा यी दुई पार्टीबीच चिनियाँ कम्युनिष्ट पार्टीलाई रिझाउने प्रतिस्पर्धा देखिन्छ । अर्कोतर्फ आफ्नो पुरानो परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत नेपालमा चीनको वर्चश्वलाई प्रभावकारी बनाउन चाहिरहेको देखिन्छ । 

दुई पार्टीका नेताहरुबीच त्यहाँको सरकारले सो परियोजनाबारे चासो राखिसकेको छ । उनीहरुले चिनियाँ परियोजनालाई नेपालमा लागु गर्ने वचन दिइसकेका छन् । 

यता सरकार टिकाउन बनेको समाजवादी मोर्चा पनि चिनियाँहरुसँग नजिक रहेका दलहरु नै सहभागी छन् । एमालेबाहेक विश्व राजनीतिको ध्रुवीकरणमा चिनियाँ खेमालाई रुचाउने नेताहरुको समूहले समाजवादी मोर्चा बनाएको छ । 

नेकपा एकीकृत समाजवादीका केही नेताहरु पनि अहिले चीन पुगेर फर्केका छन् । समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाको नेतृत्वमा पुष्पलाल मित्रता केन्द्र नै चिनियाँ कम्युनिष्ट पार्टीको सहयोगमा सञ्चालित छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ