arrow

मुख्यमन्त्रीले भने- नेपाली जाँडलाई विदेशमा बेच्नुपर्छ

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २५ सोमबार
Dilli-Bahadur-Chaudhari.jpg

तुलसीपुर। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपालमा बनेको जाँडलाई ब्रान्डिङ गरेर विदेश निर्यात गर्नुपर्ने बताएका छन् । 

दाङको भालुवाङमा आइतबार आयोजित प्रदेशस्तरीय नागरिक शिखर सम्मेलनमा उनले सरकारले जाँड बनाएर निर्यात गर्नका लागि बजेटको व्यवस्था समेत गरेको बताए ।

“कोरियाको जाँड नेपाल आउँछ, त्यो सबैले खान मिल्ने”, उनले भने, “यहाँको जाँड त्यहाँ बेच्न नमिल्ने ?” उनले स्थानीय उत्पादनलाई ब्रान्डिङ गरेर बजारीकरण गर्ने गरेको बताए । 

साथै उनले कोइलाबास नाका खुलाउनेतर्फ ध्यान दिनुपर्ने आफूले पहल अगाडि बढाएको बताए । उनले नेपाललाई धार्मिक, पर्यटन र आर्थिक सुधार गर्नुपर्ने बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ