arrow

सामान्य विवादमा साथीको हत्या

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २ मंगलबार
nepal-police12.jpg

लुम्बिनी।  स्थानीय युवाहरूबीच विवाद हुँदा पाल्पामा कुटपिटबाट एक युवकको हत्या भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–२ दोभान घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको आफ्नै साथीहरूबीच सामान्य विवाद हुँदा साथीहरूको कुटपिटबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दका अनुसार स्थानीय युवाहरूबीच विवाद बढ्दै जाँदा राति साढे १२: ३० बजेको समयमा युवकमाथि कुटपिट भएको थियो । गम्भीर घाइते खत्रीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकामा उपचारका क्रममा राति १: ४५ बजे मृत्यु भएको प्रहरी निरीक्षक चन्दले जानकारी दिए । 

तीजको दर खाएर राति महिला नाचिरहेका बेला युवाहरूबीच विवाद भएको थियो । त्यही विषयलाई लिएर पुन:  झगडाले उग्ररूप लिएपछि खत्रीमाथि कुटपिट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको चन्दले बताए । हत्याको आरोपमा चारजना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तर प्रहरीले थप विवरण खुलाएको छैन । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्मासहितको टोली घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको  प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ