arrow

संविधान दिवस मनाउनुले मात्र सार्थक परिणाम दिँदैन – अर्जुननरसिंह केसी

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ३ बुधबार
arjun-narsingh-kc-nuwakot-2-congress-mp-2079-2022.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संविधान दिवस मनाएरमात्र त्यसले सार्थक परिणाम नदिने बताएका छन् । संविधान दिवसको उपलक्ष्यमा शुभकामना दिने क्रममा सामाजिक संजाल ट्वीटरमा लेख्दै उनले संविधान दिवस मनाएर मात्र नभइ विभिन्न पक्षको गम्भीर विश्लेषणात्मक निर्मम समीक्षा र सिंहावलोकन नगरी केवल संविधान दिवसको निमित्त संविधान दिवस मनाउनुले सार्थक परिणाम नदिने बताएका हुन् । 

उनले विभिन्न प्रश्नको जवाफ दिनुपर्ने अहिलेको नेतृत्वको दायित्व रहेको स्पष्ट पार्दै भनेका छन्, ‘आज किन हाम्रो समाज मा व्यापक निरासा र असन्तुष्टि छ ? बेथिति, अव्यवस्था, विधि विहीनता र भ्रस्टाचार किन मौलाएको छ ? किन ? सुशासन केवल नारा मात्र सीमित छ ? देश असफलता र सामाजिक मनोविज्ञान  अराजकतातिर किन उन्मुख छ ? आज जनस्तरमा देखिएको यो वितृष्णा मा हामी को को कति कति दोषी छौँ ? यसको समाधानको नीतिसहित नयाँ आशा, विश्वास र भरोसा सृजना आजको आवश्यकता हो ।’

यसो लेखेका छन् नेता केसीले–
संविधान दिवस ०८० को हार्दिक शुभकामना !
    हाम्रो संवैधानिक इतिहासमा यो सातौं पटकको वर्तमान संविधान जनताबाट निर्वाचित प्रतिनिधिहरूको संविधानसभा द्वारा निर्मत संविधान हो।यो  संविधानको नाममा एक थान पुस्तक मात्र होइन।
संयुक्त राज्य अमेरिकाको संविधान १७८८ आजभन्दा झण्डै २३५ वर्ष अगाडि, विश्वकै प्रथम लिखित संविधानको रुपमा आयो। राष्ट्र सोही संविधानलाई लिएर विश्व शक्तिको रूपमा स्थापित छ। संविधानबारे बहस सँधै भइरहन्छ । संविधान मान्ने कि नमान्ने भन्ने विवाद भन्दा  कसरी अझ  संविधान सशक्त जन इच्छा अनुरूप परिमार्जन गर्ने भन्नेमा बहस जारी छ र हुनु पनि पर्छ।
   छिमेकी भारतले १९५० मा ७३ वर्ष अगाडि नै स्वतन्त्रता प्राप्तिसँगै संविधान सभाबाट संविधान जारी गर्यो। संविधानको संरचना र अन्तरवस्तुलाई लिएर त्यहाँ पनि बहसहरू चलिरहेका छन् । सय पटक भन्दा बढी संशोधन पनि भइसक्यो। 
    हामीकहाँ २००४ सालमा नेपालको वैधानिक कानून, २००७ सालमा नेपालको अन्तरिम शासन विधानदेखि आजसम्म सात वटा संविधान जारी भइसके । संविधानको पालनामा रचनात्मक बहस भन्दा  बरू संविधानमा छिद्र खोजेर त्यहींबाट सत्तामा आफ्ना निहित स्वार्थ पूर्ति गर्न खोज्ने वा संविधानका विशिष्टताको कदर गरेर कमी–कमजोरी हटाउनतिर भन्दा विवाद र उदासिनताले संविधान फेर्ने काम भइरह्यो । यसले गर्दा संविधान मुलुकको सर्वोच्च वा मूल कानुन हुन नपाएर केवल अस्थायी  सत्ताको औजार र देश संविधानको प्रयोगशालामात्र भइरह्यो।
पहिलोपटक जारी भएको संविधान संसारका कुनै देशमा पनि पूर्णता प्राप्त भएको छैन। निरन्तर जनआकांक्षा र माग अनुसार त्यसलाई संशोधन र परिमार्जन गर्दै अग्रगति दिने प्रक्रिया हो संवैधानिक विकासको क्रम। भारतीय संविधान सयौँपटक र अमेरिकी संविधान तीसौँपटक संशोधन गरिएको दृष्टान्त हाम्रो लागि उपयोगी शिक्षा हुनसक्छ।
यो तीतो धरातलीय यथार्थलाई निर्मम  समीक्षा र आत्मसात् गर्दै आज किन हाम्रो समाज मा व्यापक निराशा र असन्तुष्टि छ ? बेथिति,अव्यवस्था, विधि विहीनता र भ्रस्टाचार किन मौलाएको छ ? किन ? सुशासन केवल नारा मात्र सीमित छ ? देश असफलता र सामाजिक मनोविज्ञान  अराजकतातिर किन उन्मुख छ ? आज जनस्तरमा देखिएको यो वितृष्णा मा हामी को को कति कति दोषी छौँ ? यसको समाधानको नीतिसहित नयाँ आशा, विश्वास र भरोसा सृजना आजको आवश्यकता हो ।
यी सम्पूर्ण पक्षको गंभीर विश्लेषणात्मक निर्मम समीक्षा र सिंहावलोकन नगरी केवल संविधान दिवसको निमित्त संविधान दिवस मनाउनुले मात्र सार्थक परिणाम दिँदैन ।

उपरोक्त परिस्थितिमा संविधान दिवसले हामीलाई सचेतनाद्वारा मार्गदर्शन गरिरहोस् । सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा संविधान दिवस २०८० को उपलक्षमा हार्दिक शुभकामना ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ