arrow

कर्जा अधिकृत राउतको रहस्यमय मृत्यु, अनुसन्धानमा एक महिला तानिइन् 

logo
युवराज रेग्मी,
प्रकाशित २०८० असोज ५ शुक्रबार
meghraj-raut.JPG

झापा । झापाको दमक स्थित मेची बहुउद्देश्यीय सहकारी संस्थामा कार्यरत कर्जा अधिकृत मेघराज राउत हिजो बिहीबार मृत अवस्थामा फेला परेका छन् । एक होटलमा मृत फेला परेको घटनाको अनुसन्धान गर्न प्रहरीले एक जना महिलालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालका अनुसार प्रहरीले राति ९:३० बजे ती महिलालाई नियन्त्रणमा लिइएको हो । ३७ वर्षीय राउत बिहीबार बिहान करिब ९ बजेदेखि एकाएक घरपरिवार र कार्यालयको सम्पर्क बाहिर रहेका थिए ।

उनी सधैँ कार्यालय आउने समयमा कार्यालय नआएपछि परिवारसँग बुझ्दा घरमा समेत थिएनन् । त्यसपछि आन्तरिक रूपमा खोजी भइरहेको थियो । प्रहरीले राउतले प्रयोग गर्दै आएको मोबाइल फोनबाट लोकेशन ट्र्याक गर्दै दमक ५ स्थित मंगलदिप मार्केट र इलाका ट्राफिक प्रहरी कार्यालय दमकको मध्य भागमा रहेको अन्नपूर्ण होटल एण्ड लजको तेस्रो तलामा पुगेको थियो ।

 त्यहाँ उनी बन्द कोठाभित्र पङ्खा झुन्ड्याउने फलामको हुकमा डोरीको पासो लगाएको अवस्थामा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मृतकले आत्महत्या गर्नुअघि ‘सुसाईड नोट’ समेत लेखेर छोडेकोले त्यसबारेमा अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी मनोजकुमार लामाले जनाए । मृतक राउतकी श्रीमती र एक नावालिका छोरी रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ