arrow

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल 

विमानस्थल रनवेको मुआब्जा हत्याउन मालपोत कार्यालयदेखि भूमाफिया पर्वतराजको भूमिका

विमानस्थलको धावनमार्ग नै व्यक्तिको नाममा पास गरेको लज्जास्पद रहस्य

logo
नारायण वली,
प्रकाशित २०८० असोज १२ शुक्रबार
gautambuddha-muhabja-kanda.jpg

रुपन्देही । मालपोत कार्यालय रुपन्देही भैरहवाका प्रमुख कुमार आचार्य, नायब सुब्बा अजितकुमार साहनीको संलग्नता र भूमाफियासँको मिलेमतोमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग नै व्यक्तिको नाममा पास गरेको लज्जास्पद रहस्य बाहिरिएको छ।

मालपोतकै प्रमुखको र कर्मचारीसँगको मिलेमतोमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको धावनमार्ग र पर्खालभित्र पर्ने जग्गा भुमाफिया पर्वतराज कान्त मिश्रले गत वैशाख ८ गते आफ्नो नाममा दर्ता गरेको प्रमाण फेला परेको हो ।

सिद्धार्थनगर नगरपालिका वडा न-५ घर भएका हाल भारतको गोरखपुरमा बस्दै आएका भूमाफिया नामले चिनिएका मिश्रलाई प्रयोग गरेर २०२२ सालमा सिद्धार्थनगर-१० स्थित जग्गाधनी सुर्जा मिश्राइनले ॐ काली मन्दिरलाई दान गरिसकेको जग्गालाई अहिले आफ्नो नाममा दर्ता गराएर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसँग मुआब्जा हत्याउनको लागि मालपोतको प्रत्यक्ष सेटिङमा गरिएको चलखेल छताछुल्ल भएको छ।

No description available.

७ वटा कित्तामा रहेको ४ बिघा १७ कट्ठा ६ धुर जमिन २०८० वैशाख ८ गते मालपोत कार्यालय रुपन्देहीले मिश्रको नाममा दर्ता गरिदिएको छ। जग्गा दर्ता गरे सँगै विमानस्थलको अधिग्रहणमा आफ्नो जमिन परेको भन्दै मिश्रले गौतमबुद्ध विमानस्थल आयोजना कार्यालयमा मुआब्जाका लागि वैशाख ११ गते आयोजना प्रमुखलाई सम्बोधन गर्दै निवेदनमा लेखेका छन् । मिश्रले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको विकास, विस्तार र स्तरोन्नति गर्दा आफ्नो जग्गा पनि परेको भन्दै मुआब्जाका लागि निवेदन दिएको पाइएको हो । 

२०७९ सालसम्म फिल्ड बुकमा कसैको नाममा नरहेको र मुआब्जाका लागि पनि कुनै व्यक्ति दावी गर्न नआएको जमिन एकाएक मिश्रले मुआब्जाका लागो निवेदन पेश गरेपछि विमानस्थल आयोजनाका कर्मचारीहरू अलमल परेको र सो विषयका बारेमा नेपाल नागरिक उड्डयन प्राधिकरण, जिल्ला प्रशासन कार्यालय रुपन्देही लगायत सम्बन्धित निकायमा जानकारी गराइसकेको आयोजना प्रमुख प्रवेश अधिकारीले बताए।

मालपोत कार्यालयको अभिलेख अनुसार उक्त जग्गा २०२२ साल अघि ३० बिघा १४ कट्ठा १४ धुर जमिन सिद्धार्थनगर १० निवासी सुर्जा मिश्राइनको नाममा रहेको देखिन्छ ।

भूमि सम्बन्धी ऐन २०२१ अनुसार ११ बिघा बढी जमिनमा हदबन्दी लाग्ने भएपछि तत्कालीन समयमा उक्त जमिन मिश्राइनले काली मन्दिरको नाममा दिएको बुझिएको छ । मिश्राईन नि:सन्तान थिइन् ।

२०२५ माघ १८ गते मिश्राइनको निधन पश्चात् अपुताली खानको लागि विभिन्न व्यक्तिले अपुताली दावी गरेपछि २०६४ सालमा मालपोत कार्यालयले नजिकका नाता पर्ने रमाकान्त मिश्रको नाममा जमिन दर्ता गर्ने निर्णय गरेको थियो । तर, त्यति बेला साबिक भुजौली नक्सा सिट नम्बर ९ ख को कित्ता नम्बर ७, २९, ३२, ६७, ६८, ९२, ९४ को जमिन काली मन्दिरलाई छाड्ने निर्णय गरेको देखिन्छ। 

मालपोत कार्यालय भैरहवाले काली मन्दिरलाई दिने निर्णय गरे पनि १० बिघा ६ कट्ठा १९ धुर जमिन रमाकान्तको निधन भएपछि उनका नाति पर्वतराज कान्त मिश्रको नाममा दर्ता गरेको देखिएको छ। मिश्राइनको ३० बिघा १४ कट्ठा १४ धुर जमिन मध्ये १३ बिघा १३ कट्ठा ८ धुर जमिनमा मोही कायम भएको, काली मन्दिरलाई ६ बिघा जमिन दिएपछि बाँकी रहेको जमिन मिश्रको नाममा दर्ता गरिएको थियो।

No description available.
 
आफ्नो नाममा आएको जग्गा मिश्रले विभिन्न मितिमा आफ्नो नामको जमिन बिक्री गरेका उनको बाँकी रहेको १ बिघा १ कट्ठा जमिन विमानस्थल निर्माण गर्ने क्रममा अधिग्रहणमा परेपछि मुआब्जा लिएका मिश्रले सेटिङ मिलाएर मन्दिरलाई प्रदान गरिएको जग्गा हदबन्दी भनेर उक्त जग्गा मालपोतले मिश्रको नाममा गरिदिएको रहस्य फेला परेको हो । यद्यपि मिश्रले दर्ता गरेर विमानस्थलसँग सो जग्गाको मुआब्जा हालको अनुसार ९ करोडभन्दा दिनुपर्ने हुन्छ। 

भूमाफियाहरुको सेटिङमा ९ करोड रुपैयाँ हत्याउन सक्रिय भएका मालपोतदेखि व्यक्तिसम्म छानबिन गर्नुपर्ने माग स्थानीयहरूको छ ।  कानूनी हदबन्दीका कारण फिल्ड बुकमा भए पनि कसैको नाममा दर्ता नरहेको करिब ५ बिघा जग्गामा भुमाफियाहरुको आँखा गडेपछि फिल्ड बुकमा कसैको नाममा दर्ता नभएको र हदबन्दीले गर्दा ५८ वर्ष पहिला नै सुर्जा मिश्राइनले काली मन्दिरलाई दिएको उल्लेख गरिएको जग्गालाई हडप्न खोजिएको छ ।

मालपोत कार्यालय भैरहवाका प्रमुख कुमार आचार्यले भने हदबन्दी नभएको र जिल्ला अदालतको मिलापत्रको आधारमा मिश्रको नाममा गरिदिएको दावी गरे। विमानस्थलको अधिग्रहणमा परेको जमिन व्यक्तिको नाममा बनाउँदा मालपोतले मुआब्जा वितरण समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी, विमानस्थल आयोजना र नागरिक उड्डयन प्राधिकरणसँग समेत कुनै राय नलिएर मालपोत प्रमुख र नायब सुब्बाको मात्रै निर्णयले दिएको स्पष्ट छ ।

 मुआब्जा लागि वडानम्बर १० का वडाध्यक्ष सृर्जमान अहिरले सिफारिस समेत  दिएको भेटिएको छ । 

No description available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ