- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले सत्ता गठबन्धनका नेताहरू जेल जाने बताएका छन् ।
गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशनमा महासचिव पोखरेलले सत्तारुढ गठबन्धनका नेताहरू भ्रष्टाचारका हिमायती रहेकाले अन्तिममा जेल जाने बताएका हुन् ।
उनले भने,' किनकि उनीहरू भ्रष्टाचारका हिमायती हुन । भ्रष्टाचार उनीहरूको शासकीय चरित्र हो भन्ने कुरालाई तपाई, हामी सबैले बुझ्न जरुरी छ । अन्तिम जेल जाने काम सत्ता गठबन्धनको हुनेछ ।'
सरकारले एकपछि अर्को भ्रष्टाचारको काण्ड छानबिन गर्ने बताइरहेका बेला उनको यस्तो आरोप आएको हो ।