अहिलेसम्म लडे भिडे भन्ने छ, सर्वसम्मत ढङ्गले नेतृत्व चयन गरौँ : ओली [भिडियो]
पार्टीभित्र निर्वाचनमा नजाऔँ, आफ्नै साथीको मन दुख्छ
हाम्रा कुरा
प्रकाशित २०८० असोज १९ शुक्रबार
657
Shares
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत ढङ्गले नेतृत्व चयन गर्न पार्टीको उपत्यका विशेष प्रदेश कमिटीलाई निर्देशन दिएका छन् ।
विपक्षी र सञ्चार माध्यम हरूले प्रदेश अधिवेशनहरूमा लडे, भिडे भन्ने खालको गलत सन्देश प्रवाह गरेको भन्दै ओलीले उपत्यका विशेष प्रदेशले भने सर्वसम्मतिमै नेतृत्व चयन भयो भन्ने सन्देश प्रवाह गर्नुपर्ने बताए ।
पार्टीको उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशनलाई शुक्रवार उद्घाटन गर्दै उनले कुरा मिलेन भने स्वस्थ प्रतिस्पर्धा गर्नुस् भनेर आफूले प्रदेश अधिवेशनहरूमा भनेको कुरालाई नसुनेको भन्दै सञ्चार माध्यमप्रति पनि गुनासो गरे ।