-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । हाल नेपालको पूर्वी तथा मध्य भागमा बङ्गलादेश र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशको भू-भागमा बदली रहेको छ भने अन्यत्र सफा रहेको छ ।
साथै बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।