arrow

टेरामक्सले 'फोन ट्याप' र 'एसएमएस रिड' गर्दैन [भिडियो] 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २५ बिहिबार
pursotam-khanal-2080-06-25.jpg

काठमाडौं ।  नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले टेलिकम कम्पनीहरूले गर्ने बदमासी रोक्ने लक्ष्यसहित सरकारले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) ल्याउन लागेको बताएका छन् ।

सार्वजनिक लेखा समितिको बिहीबार बसेको बैठकमा टेरामक्स प्रविधिको विषयमा जानकारी दिँदै यस्तो बताएका हुन् । उनले टेरामक्सले व्यक्तिगत डेटा नराख्ने भएकाले फोन ट्याप नगर्ने दाबी गरे। 

उनले प्राधिकरणले टेलिकम कम्पनीहरूले व्यक्तिगत डेटाका आधारमा राज्यलाई कर तिर्ने गरेकाले कहाँ कति बदमासी भएको छ भन्ने विषय रोक्न टेरामक्स आवश्यक परेको बताए ।

 उनले टेलिकमको डेटा प्रयोग भए-नभएको माक्समा डेटा कलेक्सन गर्ने र डेटा सुरक्षित हुने भएकाले टेरामक्स जडान गर्न खोजिए पनि अदालत र फोन ट्याप विवादले जडान गर्न नसकिएको बताए । 

उनले विश्वका कुनै पनि दूरसञ्चार कम्पनीहरूले सबै कल ट्यापिङ गर्न नसक्ने बताए । उनले प्राधिकरणको टेन्डरमा फोन ट्यापिङ गर्ने कुरा समावेश नभएको बताए । 

उनले टेरामक्सले फोन ट्याप र एसएमएस रिड पनि नगर्ने भन्दै डेटा सुरक्षित गराउनको लागि प्राधिकरणलाई आवश्यक डाटा मात्रै राख्ने बताए । 

उनले मलेसिया,भारत,पाकिस्तान,चीन,बंलादेश,इन्डोनेसिया,सिंगापुर,अमेरिका,बेलायत लगायतले सम्पूर्ण विवरण गर्ने भनेर गरिरहेका बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ