arrow

एमालेको मधेस अधिवेशनलाई लिएर केन्द्रमा विवाद

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २ बिहिबार
uml-madhes-kp-oli.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा एमालेको मधेस प्रदेशको अधिवेशनलाई लिएर केन्द्रीय नेताहरुबीच विवाद भएको छ । प्रदेश अधिवेशन सकिएपछि सोही विषयलाई लिएर केन्द्रका नेताहरुबीच विवाद भएको हो ।

केन्द्रीय सचिवसमेत रहेका महासेठ, पोलिटब्युरो सदस्य लिलानाथ श्रेष्ठ र उनीहरुको समूहबीच विवाद भएको हो । अहिले महासेठविरुद्ध पोलिटब्युरो सदस्य सुमनराज प्याकुरेल र केन्द्रीय सदस्य सरोज यादवसहितको समूहले प्रदेश अधिवेशनको विषयालाई लिएर विवाद सिर्जना गरेको हो । 

महासेठले प्रतिनीधि र उम्मेदवारसमेत पाउन अप्ठेरो पर्ने गरी प्रतिनिधिहरु ल्याएको अहिले मधेस प्रदेशको नेतृत्व श्रेष्ठ, प्याकुरेल तथा यादवको हातमा पुगेपछि महासेठले बखेडा निकालेका हुन् । 

प्याकुरेल मधेस प्रदेशका पूर्वसचिव हुनुका साथै राष्ट्रिय सभाका पूर्व सदस्य तथा एमालेबाट राष्ट्रिय सभा संसदीय दलका नेतासमेत बनिसकेका छन् । 

यादव भने अहिले मधेस प्रदेश सभामा एमाले संसदीय दलका नेता हुन् । मधेश प्रदेश कमिटीको अधिवेशनमा महासेठ खेमाबाट न्यून प्रतिनिधित्व भए पनि अधिवेशनमा उनी चुपचाप बसेका थिए ।

कतिसम्म भने महासेठले मधेश प्रदेशको अध्यक्षमा पेश गर्नका लागि आफ्ना विश्वासिला पात्रसमेत पाउन सकेनन् ।

प्रदेश कमिटीको नेतृत्वका लागि महासेठले उम्मेदवारसमेत नपाएकैले चन्देश्वर यादव सर्वसम्मत हुन सकेका महासेठ निकट एक केन्द्रीय सदस्यले दाबी गरे । 

अन्तिममा महासेठजीले राजनारायण साहलाई अध्यक्षको उम्मेदवारका रूपमा सार्नुभएको थियो । तर हामीले राजनारायणजीलाई सर्वसम्मत अध्यक्ष मान्न सक्दैनौँ भनेर भनेका थियौँ, श्रेष्ठ खेमाका चन्देश्वर मण्डललाई सर्वसम्मत अध्यक्ष बनाउन सक्यौँ’, ती नेताको दाबी थियो । 

तर महासेठले भने मधेस प्रदेशमा कुनै समस्या नभएको बताएका छन् । ‘सर्वसम्मत नेतृत्व चयन भएको छ, यसमा कुनै विवाद छैन, साथीहरुमा केही असन्तुष्टि होला त्यो समाधान भैहाल्छ’, महासेठले भने । 

२ सय ३५ सदस्यीय प्रदेश कमिटीमा १ सय ६० जना प्याकुरेल–यादव खेमाको रहेको तथा ७५ जना महासेठ खेमाको रहेको स्रोतको दाबी छ ।  

पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएपछि महासेठले उम्मेदवार उठाउने कोसिस नगरेको यादव समूहको दाबी छ ।

 ‘यदि चुनाव भएको भए हामीले २३५ मै क्लिन स्वीप हुन्थ्यो तर सर्वसम्मतिको नाममा महासेठले ७५ जना पाएका हुन्’, स्रोतले भन्यो । 

मधेस प्रदेशका आठ पोलिटब्युरो सदस्यमध्ये महोत्तरी इन्चार्ज जुली महतो (महासेठकी श्रीमती) र रौतहट इन्चार्ज पुरुषोत्तम पौडेलमात्र महासेठ खेमामा खुलेका थिए । 

त्यसबाहेक सिराहा इन्चार्ज प्याकुरेलसँग धनुषा इन्चार्ज लीलानाथ श्रेष्ठ, सप्तरी इन्चार्ज मञ्जु चौधरी, सर्लाही इन्चार्ज ज्वाला साह, पर्सा इन्चार्ज अच्युत मैनालीसहित पाँचजना पोलिटब्युरो सदस्य एकजुट भएका थिए । 

त्यसैगरी मधेस प्रदेशका ३२ जना केन्द्रीय सदस्यमध्ये राजकुमार गुप्ता, प्रतीक्षा तिवारी, बुधनी देवी, उद्धव रेग्मीसहित ५–७ जना केन्द्रीय सदस्यमात्र खुलेका थिए । 

सरोज यादव, मोहम्मद समीर, उमाशंकर अरगरिया, सञ्जीव झा सुरज, बलवीर चौधरी, निर्मला देवकोटा, गंगा यादव, शीला यादव, हरिनारायण महतो, सविता यादव, कमला महतो, कल्पना कटुवाल, रञ्जना सरकार, अजय गुप्तासहित २५ जना जति प्याकुरेल–यादव खेमामा थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ