arrow

नीति निर्माणमा राज्यको खेलाँची: सीप सिकाइमा अर्बौँ स्वाहा, युवा सहभागिता शून्य

logo
नारायण वली,
प्रकाशित २०८० कार्तिक १७ शुक्रबार
youth-forum-butwal-2080-07-17.jpg

रुपन्देही । राज्यले युवाहरुलाई सहभागिता तथा उद्यमशीलतामा जोड्दै उद्योगी बनाउने कार्य नीति निर्माणमा समावेश नगर्दा नेपालका युवा जनशक्तिहरु दैनिकजसो पलायन हुँदै गएको सरोकारवालाले बताएका छन् । 

शुक्रबार बुटवलमा एकाउन्ट बिलिटी ल्याब नेपाल काठमाडौँलेआयोजना गरेको "नीति निर्माणमा युवाहरुको भूमिका" अन्तरक्रियामा सहभागी सरोकारवालाहरुले नीति निर्माणमा राज्यको चरम खेलाँची रहेको बताएका हुन् । 

बुटवल उपमहानगरका विभागीय कर्मचारी, रोजगार शाखा र शिक्षा शाखाको समेत सहभागी रहेको अन्तरक्रियामा सहभागी रहेका विभिन्न टोल विकास संस्था, क्लवका प्रतिनिधिहरुले युवाहरुलाई निति निर्माणमा जोड्न राज्यले कुनै वास्ता नगर्ने गरेको गुनासो गर्दै त्यसको असर दिनहुँ युवा जनशक्ति बाहिरिँदै गएकोप्रति राज्यको आँखा भएपनि नदेख्ने, सरोकारवालाको सुझाव नसुन्ने गरेको गुनासो पोखे । 

सो क्रममा टोल विकास संस्थामा युवाहरुको सहभागिता कसरी बढाउन सकिन्छ र उनीहरुलाई रोजगारीमा कसरी जोड्न सकिन्छ भन्ने तर्फ निति निर्माण गर्ने निकायले ध्यानदिनुपर्ने बताएका थिए ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले लोकसेवा पास गरेर आएका शिक्षित कर्मचारीहरु नै निति निर्माणमा चनाखो हुनुपर्ने बताए । हालसम्म पालिकाहरुले आफ्नाहरुलाई बजेट छुट्याएर केही गर्न खोजेका र चाहिरहेकाहरुलाई अवसर नदिने गरेको जिकिर गरे ।

उपमहानगरका हरेक सुचना स्थानीय स्तरका समुदायलाई सूसुचित गराउनका लागि वडा कार्यालय मार्फत् टोल विकास संस्थाहरुलाई सूचना पुर्‍याएर युवाहरुको सहभागीता उल्लेख्य रुपमा समावेश गर्नुपर्ने सुझाए ।

रुपन्देही उद्योग संघका प्रथम उपाध्यक्ष जिबकान्त काफ्ले राज्यले युवा उद्यमशिलतामा कुनै चासो नदिएको तर्क गर्दै रुपन्देहीमा करिब ३५ हजार जनाले प्रत्यक्ष रोजगारी पाउँदै आएको जसमध्ये ६० प्रतिशत विदेशी ४० नेपाली रहेको उल्लेख गरे ।

काफ्लेले हाल कामदार काम खोज्न नआउने, रोजगारदाताले पनि कामदार नखोज्ने गरेको अवस्था छ । यो कहाँनेर कमजोरी भएको छ, यसमा सम्बन्धित निकायले सच्याउन आवश्यक्ता औल्याउँदै राज्यले हरेक बर्ष २ अर्ब बजेट सीप सिकाईका लागि छुट्याउँछ, त्यो उपयोगी नभई  सीप सिकाईको नाममा अप्रभावकारी बजेट सकिँदै आएको जनाए ।

'स्वदेशी उद्योगमा कामदार छैनन्, सीप सिकेकाले पनि कुनै उद्यम गरेका छैनन् । आखिर खोई आज सीप सिकेकाहरु ?', उनले प्रश्न गरे ।

राज्यले नै भारतीय सीमाबजारबाट सामान ल्याएर बेच, तर आफ्नै उद्योग खोलेर उत्पादन गर भन्ने ठाउँमा घुमाउरो तरिकाले युवाहरु बेरोजगारमुखी बन्दै गएको भन्दै राज्यले कागजमा लेखेर मात्रै नहुने उनले बताए ।

उनले भने', 'राज्यको कान छ तर उसले सुन्दैन । जसको असर आज दैनिक जनशक्तिहरु विदेशिदै गएका छन् ।'

बुटवल उपमहानगरका एक प्रतिनिधिले भने उपमहानगरको रोजगार शाखाले मेयर इलममार्फत् धेरै युवाहरुलाई तालिम दिएको, महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भरम'खी बनाउने प्रयास गरेको,  विदेशबाट फर्केर आएका ४० जनाजतिलाई कृषिकार्यमा रोजगार दिलाएको र आगामी दिनमा विभिन्न रोजगारदाताहरुलाई बोलाएर बेरोजगार भएर बसेका जनशक्तिहरुलाई व्यवस्थापन गर्न सकिने योजनालाई अगाडि बढाउने बताएका थिए ।

बुटवल उपमहानगर युवा खेलकुद तथा शिक्षा शाखा खोकिला ज्ञवालीले बजेट अभाव भएकाले प्रोत्साहन गर्ने योजना भएपनि रोजगार बनाउने नभएको बताइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ