arrow

लुम्बिनी केबलकारमा एक लाख पर्यटक, चाडपर्व विशेष प्याकेज [भिडियोसहित]

logo
नारायण वली,
प्रकाशित २०८० कार्तिक २० सोमबार
lumbini-cable-car-butwal.jpg

रुपन्देही । बुटवल हिल्सले ब्राण्ड गर्न खोजिएको चन्द्रप्रसाद ढकाल अध्यक्ष रहेको आईएमई ग्रुपको लगानीमा सञ्चालित लुम्बिनी केबलकार लिमिटेडले नेपालीहरुको महान् पर्व दशैं, तिहार, नेपाल संवत् र छठलाई लक्षित गरी चाडपर्व विशेष प्याकेजमा छुट ल्याएको छ । गत असोज २१ गतेदेखि लागू भएको प्याकेजमा साबिकको टिकट दरमा शनिबार बाहेक अन्य दिनहरुमा ४० प्रतिशत छुटको प्रबन्ध गरिएको लुम्बिनी केबलकार प्रालीले जनाएको छ ।

उक्त प्याकेज छुट अनुसार अब शनिबार बाहेक अन्य दिनहरुको टिकट दर ४५० रुपैयाँ तोकिने भएको छ । महान् चाडपर्वका अवसरमा सर्वसाधारणहरुलाई सहुलियत दरमा केबलकार चढाउने र भारतको चर्चित धार्मिक स्थल कामाख्या देवी मन्दिरको दर्शन गराउने उद्देश्यले चाडपर्व अफर ल्याइएको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थले बताए ।

चाडपर्वमा आमसर्वसाधारणहरु घरपरिवार सहित रमाईलो गर्न घुम्न जानेका भएकाले केबलकार चढ्न र देवीको मन्दिर दर्शन गर्न आउने सम्भावनालाई मध्यनजर गर्दै टिकट दर महँगो नहोस् भनेर चार्डपर्व प्याकेज छुट ल्याइएको म्यानेजर कायस्थको भनाइ छ । 

म्यानेजर कायस्थले भने यो प्याकेज छुट यसअघि भन्दा अगाडि ल्याईएको मर्निङ अफर भन्दा अझ लोकप्रिय बन्ने विश्वस्त छु । ५ अर्ब लागतमा निर्माण गरिएको केबलकार पश्चिम नेपालको पहिलो मानिन्छ । आईएमई ग्रुपको मुख्य लगानी रहेको केबलकारको पहिलो बटम स्टेसन बुटवलको बमघाटबाट पाल्पाको तिनाउ गाउँपालिका बसन्तपुर डाँडामा टप स्टेसनसम्म २.६ किलोमिटर दूरी रहेको छ । टप स्टेसनमा पर्यटकहरुलाई दर्शन गर्न कामाख्या देवीको मन्दिर आकर्षण केन्द्र बन्दै गएको छ ।

पर्यटकहरुलाई थप आकर्षण गर्न आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या बढाउन टप स्टेसनमा कम्पनीले ४० लाख लागतमा जिप लाइन सञ्चालनमा ल्याइसकेको छ ।

यसबाहेक बाह्य पर्यटकहरुलाई केही दिन त्यहीँ रोक्नका लागि थप करोडौंका संरचनाहरु बनाउने गरी अगाडि बढेको लुम्बिनी केबलकारका मिडिया कोर्डिनेटर टिआर शर्माले बताए ।

शर्मा भन्छन्, रुपन्देही सडक र हवाई मार्गले सम्पन्न भईसकेकाले बुटवल स्थित रहेको चुरे पहाडको महत्वलाई झल्काउँदै वनजंगलबाट पर्यापर्यटनलाई विस्तार गर्न र पर्यटनका माध्यमबाट आर्थिक उत्पादन गर्न सकिने भन्दै नेपालका यस्ता धेरै ठाउँहरुको जर्गेना गरी भौगोलिक सौन्दर्यताको दृश्यावलोकन गर्न पर्यटकहरुलाई पुर्याउन आवश्यक छ ।

समुद्री सतहदेखि झण्डै ३ हजार मिटर उचाईमा रहेको केबलकारको दोस्रो स्टेसनबाट रुपन्देहीको भ्याली हेर्न सकिन्छ भने पाल्पाका केही भागहरु देख्न सकिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ