arrow

कुलमानले गरे लुम्बिनी केबुलकारको भ्रमण, यातायातको रूपमा प्रयोग गर्न जोड [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ३ आइतबार
lumbini-cablecar-new.jpg

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लुम्बिनी केबुलकारको भ्रमण गरेका छन् । 

लुम्बिनी केबुलकारको भ्रमणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले केबुलकारलाई ट्रान्सपोटेसन (यातायात) को रूपमा प्रयोग गर्न आवश्यक रहेको बताएका छन् । 

उनले नेपालमा सडक बनाएर डाँडामा पुग्नु भन्दा केबुलकार बनाएर त्यहाँको प्रवर्द्धन र सामान आयात गर्नुपर्ने व्यवस्था हुन आवश्यक रहेको बताए । 

उनले केबुलकारहरूले नेपालको अर्थतन्त्र चलायमान बनाउन र पर्यटन प्रवर्द्धन गर्न र विद्युत् खपत बढाउने काम गरेको बताए । उनले नेपालको भौगोलिक अवस्थालाई बुझेर केबुलकारको सङ्ख्या अझै बढ्नुपर्ने बताए ।

त्यस्तै लुम्बिनी केबलकारका अप्रेसन म्यानेजर डिएन कायस्थले दशैँ तिहारको बीचदेखि अहिलेसम्म पर्यटकको भीड रहेको बताए । 

उनले आफूहरूले अपेक्षा गरे अनुसारकै पर्यटकहरू आएकोमा खुशी व्यक्त गरे ।

उनले भने, ‘यात्रुहरूको भीड छ । दशैँ तिहारको अफर र छुट्टीको समयमा अपेक्षा गरे अनुसार नै यात्रुहरु आउनुभएको छ ।’

उनले लुम्बिनी केबुलकारको टिकट महँगो नभएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ