arrow

ला लिगामा रियाललाई अग्रता, बार्सा पाँच अंकले पछि पर्‍याे

logo
प्रकाशित २०७३ कार्तिक २१ आइतबार
la-luga-ne-aa-nn.jpeg

एजेन्सी । स्पेनिश ला लिगा फुटबलमा रियाल मड्रिडले शानदार जित निकाल्दै अग्रता बलियो बनाएको छ । आइतबार साँझ घरेलु मैदानमा भएको खेलमा रियालले लिजेन्सविरुद्ध ३–० को जित निकालेको हो ।

रियाललाई विजयी गराउन ग्यारेथ बेलले दुई तथा अल्भारो मोराटाले एक गोल गरे । बेलले ३८औं र ४५औं मिनेटमा गोल गरे भने, मोराटाले ७७औं मिनेटमा गोल गरे । मुख्य फरवार्ड क्रिश्चियानो रोनाल्डोले भने गोल गर्न सकेनन् । उनले पहेंलो कार्ड पाए । निकै  दबाबमा रहेको लिजेन्सका पाँच खेलाडीले पहेंलो कार्ड पाए ।

यो जितसँगै रियालले दोस्रो स्थानमा रहेको बार्सिलोनालाई पाँच अंकले लिड गरेको छ । हालसम्म अपराजित रियालले ११ खेल खेलेको मध्ये आठमा जित र ३ खेल बराबरी गरेको छ । यो सिजन ११औं चरणसम्म अपराजित रहेको रियाल एक्लो टोली हो । गोल अन्तर समेत बार्सिलोना भन्दा तीन अंकले फरक छ ।

शीर्ष स्थान कब्जा गरेको रियालको २७ अंक भएको छ । दोस्रो स्थानको बार्सिलोनाको २२ अंक भएको छ । यो सिजनमा अपेक्षानुसारको प्रर्दशन गरेपछि प्रशिक्षक जिनेदिन जिदान दङ्ग परेका छन् । गत सिजनमा पछारिनै आँटेको रियाललाई उनले कठिन स्थितिबाट जोगाई दोस्रो बनाएका थिए ।   


The former Tottenham man scored two first-half goals as Zinedine Zidane's side cruised to victory over their near neighbours

Bale pumps his fist in celebration after putting the hosts in front with a well worked goal midway through the first half

Real Madrid midfielder Isco (right) vies for the ball with Leganes' Argentine midfielder Alexander Szymanowski

Cristiano Ronaldo struggled to make an impact on the match and once again failed to find the net against Leganes

Portugal captain Cristiano Ronaldo fires in a shot under pressure from a Leganes defender on Sunday afternoon

Ronaldo endured a frustrating afternoon's work at the Bernabeu and was booked for dissent midway through the first half

Real Madrid defender Raphael Varane (right) jumps to contest the ball in midair with Legane defender Unai Bustinza

The Wales international is mobbed by his team-mates after breaking the deadlock at the Bernabeu on Sunday afternoon

Gareth Bale challenges Leganes midfielder Unai Lopez for the ball while Real Madrid manager Zinedine Zidane watches on

Real Madrid goalkeeper Keylor Navas grips Alexander Szymanowski by the shirt following a challenge inside the area



नयाँ