पहिचानको विषयलाई साँघुरो घेराबाट हेर्न नहुने प्रदेश प्रमुखको सुझाव
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १७ आइतबार
848
Shares
विराटनगर । प्रदेशको नामकरणलाई लिएर उठेको पहिचानको विषयलाई साँघुरो घेराबाट हेर्न नहुनेमा कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ र प्रदेशका मुख्यमन्त्रीबीच छलफल भएको छ ।
अध्यादेशबाट सार्वजनिक भएको बजेट प्रतिस्थापन चालु आर्थिक वर्षको विधेयकमार्फत पारित भएपछि मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुखसँग छलफल गरेका थिए।
मुख्यमन्त्री कार्कीले पहिचाहनलाई भाषा, संस्कृति र परम्परालाई एकै ठाउँमा राखेर हेरिनुपर्ने बताएका थिए ।
पहिचाहनको मुद्दालाई राजनीतिक लाभसँग जोडेर हेर्न नहुने भन्दै मुख्यमन्त्री कार्कीले बजेटले प्रदेशको समग्र पहिचानलाई समेट्ने प्रयास गरेको बताए ।
उनले भने, “प्रदेश सरकारले फाल्गुनन्द भाषा, संस्कृति अध्ययन केन्द्र स्थापना गरी प्रदेशमा रहेका सबै भाषा, संस्कृतिको विकास गर्ने योजना बनाएको छ ।”
तुवाचुङ र खुवालुङजस्ता सांस्कृतिक महत्वका क्षेत्रको एकीकृत विकासका लागि सरकारले ठोस योजना बनाएको कार्कीले प्रदेश प्रमुख खापुङलाई जानकारी गराएको बताए।
प्रदेश प्रमुख एउटा आलङ्कारिक मात्र नभई प्रदेशको अभिभावक भएकोे बताउँदै मुख्यमन्त्री कार्कील भने, “बाहिरी संस्कृतिले आक्रमण गरिरहेको अवस्थामा हाम्रा मौलिक संस्कृति जोगाउन चुनौती बढेको छ ।”
प्रदेश प्रमुख खापुङले बजेट कार्यान्वयनमा जोड दिँदै पहिचाहनको मुद्दालाई वार्ताको माध्यमबाट समाधान हुनेमा आफू विश्वस्त रहेको बताए ।