प्रिमियर लिगमा १४ औँ चरण सम्पन्न, आर्सनल शीर्षमा, लिभरपुल र म्यानसिटी पछ्याउँदै
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १८ सोमबार
715
Shares
काठमाडौँ । इङ्गलिश प्रिमियर लिग फुटबलमा १४ औँ चरणका खेल सकिएका छन् । आइतबार बिहान भएको खेलमा न्यूकासल युनाइटेडले म्यानेष्टर युनाइटेडलाई १–० ले पराजित गर्यो ।
त्यस्तै आइतबार रातिको खेलमा बर्नमाउथले एस्टन भिल्लासँग २–२ गोलको बराबरी खेल्यो । चेल्सीले ब्राइटनलाई ३–२ ले हरायो ।
यसअघि शनिबार रातिका खेलमा आर्सनलले वुल्भ्सलाई २–१ ले हरायो । ब्रेन्डफोर्डले लुटन टाउनलाई ३–१ ले हरायो । बर्नलीले एकतर्फी खेल खेल्दै शेफिल्ड युनाइटेडलाई ५–० ले हरायो । एभर्टनले नटिंघम फरेष्टलाई १–० ले हरायो ।
अंक तालिका
आर्सनल ३३ अंकसहित शीर्ष स्थानमा रहेको छ । लिभरपुल ३० अंकसहित दोस्रो तथा म्यानसिटी ३० अंकसहित तेस्रो स्थानमा रहेको छ । एस्टन भिल्ला २९ अंकसहित चौथो स्थानमा रहेको छ ।
टोटनह्याम हट्सपर २७ अंकसहित पाँचौँ, न्यूकासल २६ अंकसहित छैटौँ, म्यानचेस्टर युनाइटेड २४ अंकसहित सातौँ स्थानमा छ ।
२० टोली सहभागी लिगमा एभर्टन, बर्नली र शेफिल्ड युनाइटेड रेलिगेशन क्षेत्रमा छन् ।