arrow

साहुले हडपेको जमीनको धान काटेर भित्र्याए मिटरब्याज पीडितले [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २१ बिहिबार
metre-byaj-2080-08-21 (12).jpg

सिराहा । जिल्ला प्रशासन कार्यालय सिराहाले मिटरब्याज (अनुचित लेनदेन) का उजुरीहरुको समयमा समाधान दिन नसक्दा उजुरीकर्ताहरु आक्रोशित बन्न थालेका छन् । 

यसैको परिणाम जिल्ला सदरमुकाम सिराहा नगरपालिका १९ सन्हैठामा बिहीबार मिटरब्याज पीडितले साहुले हडपेको जमीनको धान काटेर भित्र्याएका छन्।  

रामशरण यादवले गाउँकै योगेन्द्र यादवसँग २०६१ पुस १ गते १ लाख रुपैयाँ लिए बापतको धितो दुई कित्ता जमीन १० कठ्ठा ११ धुर र ३ कठ्ठा ९ धुरसहित जम्मा १४ कठ्ठा जमीन धितोबापत राजीनामा पास गरेर लिएको ऋण तिरिसके पनि सबै जमिन हडपेको मुद्दा समयमा मिलापत्र हुन नसक्दा पीडिले बिहीबार खेतको धान काटेकार भित्र्याएका हुन् ।  

रामशरणले एक लाख रुपैयाँ लिएबापत थप ४ लाखको कपाली र १४ कठ्ठा जमीनसमेत धितोबापत राजीनामा पास गरेको बताए । 

उनले रकम लिएको दुईवर्ष भित्रै योगेन्द्रको घर बनाउने बेलामा इँटा, बालुवा र गिट्टी आफ्नै ट्याक्टरमा घरसम्म पुर्‍याएर उनको रकम हिसाव मिलान भइसकेको बताए ।

त्यसपछि जमीन फिर्ता गरिदिन आग्रह गर्दागर्दै योगेन्द्रले ४ लाखको कपाली अदालतमा मुद्दा लगाएर  थप दुई बिगाहा १० कठ्ठा छ धुर जमिन डाक लिलाम गरेर लियो। 

तत्कालीन अवस्थामा ४ लाखको ब्याज जोडेर पुग्ने गरी जमिनको मूल्याङ्कन गर्ने अधिकारीलाई समेत प्रभावमा पारेर उनले आफ्नो जमिन हडपेको रामशरणका छोरा विन्देश्वर यादवले बताए।  

२०६५ पछि पटक पटक गाउँमै सामाजिक छलफलहरु भए पनि उनले वास्ता गरेनन्। पटक–पटकको सामाजिक छलफलहरु उनले जमीन फिर्ता गरिदिने भने पनि जमिन फिर्ता गरेनन् । 

समाजको दवावपछि योगेन्द्रले २०६९ माघ १८ गते योगेन्द्रको छोरा अमितको नामबाट रामशरण यादव र रामनाथ यादवको नाममा एक विगहा ४ कठ्ठा जमीन फिर्ता गरिदिए। 

त्यसलगतै योगेन्द्रका छोरा, श्रीमतीले हकदावी मुद्दा लगाएर २०७५ जेष्ठ २ गते जमीन पुनः फिर्ता लिए। उनीहरुले जवरजस्ती हडपेको जमीनमध्ये ५ कट्टा १६ धुर पाँच लाखको दरले बेचेको पनि पीडितहरुले सुनाए । 

पटक पटक जालझेल गरेर हाम्रो जमीन उनीहरुले लिए पनि सबै जमीन आफैले भोग चलन गर्दै आएका थिए। पछिल्लो दुई वर्ष देखि योगेन्द्रले हकभोगसमेत खोसेपछि उनीहरु अहिले जिल्ला प्रशासन कार्यालयमा अनुचित लेनदेनमा उजुरी दिएका छन्।

जिल्ला प्रशासन कार्यालयले पटक पटक पत्र काटेर छलफलमा बोलाए पनि योगन्द्र उपस्थित नहुने बताए । उनीहरु बिच पछिल्लो पटक यही मंसिर ११ गतेको छलफलमा योगेन्द्रले १४ कट्टा जमीन किनेको र बाँकी जमिन आफूसँग लिएको ऋण बापत अदालतबाट जमीन डाक लिलामगरी लिएको उल्लेख भएको छ। 

 जिल्ला प्रशासन कार्यायको डिला सुस्ती र अक्रमण्यताले पीडितहरु झन् पीडित र आक्रोशित बनेका छन् । यही घटनाले पनि पीडितहरुको आक्रोश देखिएको स्थानीय जानकारहरु बताउँछन् । यसअघि पनि मिटरब्याज पीडितहरुले जिल्ला सदरमुकाममा प्रमुख जिल्ला अधिकारीविरुद्ध नाराबाजी गरेका थिए। 

स्थानीय जानकारहरुका अनुसार अनुचित लेनदेन समितिले यस्ता मुद्दाहरुलाई समयमै सही ढङ्गले निर्णय नगरे मिटरब्याज पीडितहरु अझ आक्रोशित हुने देखिन्छ। 

यसखालको घटनाले झडप र विग्रहको अवस्था आउनसक्ने सामाजिक अगुवाहरु बताउँछन् ।

metre-byaj-2080-08-21 (1).jpg
metre-byaj-2080-08-21 (2).jpg
metre-byaj-2080-08-21 (3).jpg
metre-byaj-2080-08-21 (4).jpg
metre-byaj-2080-08-21 (5).jpg
metre-byaj-2080-08-21 (6).jpg
metre-byaj-2080-08-21 (7).jpg
metre-byaj-2080-08-21 (8).jpg
metre-byaj-2080-08-21 (9).jpg
metre-byaj-2080-08-21 (10).jpg
metre-byaj-2080-08-21 (11).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ