arrow

मन्दगतिमा घिसिपिटी गर्दै सिद्धबाबा सुरुङ मार्ग [भिडियो]

logo
नारायण वली,
प्रकाशित २०८० पुष २९ आइतबार
sidhhababa surung marga-2.jpg

लुम्बिनी । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्डमा पर्ने मृत्यु मार्ग भनेर चिनिने सिद्धबाबा मन्दिर नजिकको हेडबक्स आसपास आउँदा धेरै यात्रुहरूको मन चिसो हुन्छ । सोही सडक भएर पाल्पा, गुल्मी, स्याङ्जा, पोखरा, बागलुङ र पर्वत लगायत लुम्बिनी र गण्डकी प्रदेशका थुप्रै पहाडी जिल्लाका सर्वसाधारण आउजाउ गर्ने गर्दछन् । तिनाउ नदिको किनारै किनार पर्ने उक्त सडकमा हिले तथा सुख्खा पहिरो झर्ने गर्दछ । जसका कारण सोही स्थानमा धेरैले ज्यान गुमाउन परेका घटना धेरै छन् । ढुङ्गा झर्ने समस्यालाई समाधान गर्न यसअघि रक नेट प्रविधि मार्फत कार्य गरे पनि सफल भएन । 

अन्ततः उक्त जोखिमपूर्ण सडकको समस्यालाई दीर्घकालीन रूपमा हल गर्नका लागि सुरुङ मार्ग बनाउने योजना अघि सर्‍यो । सो विषय मन्त्रिपरिषद्‌बाट पास भएर निर्माणका लागि डीपीआर बनाउन बजेट समेत विनियोजन गरियो । गत वर्ष २०७८ जेठमा सुरुङ मार्ग बनाउन ग्लोबल टेन्डर आह्वान गरिएकोमा ठेक्का सम्झौता गर्न करिब ९ महिना लाग्यो । निर्माण कार्यका सम्बन्धमा ग्लोबल टेण्डर गर्दा बुटवल नारायणगढ सडक निर्माण गर्दै आएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले हात पार्‍यो र सोही कम्पनीसँग ठेक्का सम्झौता गरियो ।

सुरुङ मार्ग १ हजार १ सय २६ मिटर लम्बाइको सुरुङ मार्गको निर्माण कार्य सक्न २०८३ समयावधि तोकियो । निर्माण कार्य २०८० भदौ मसान्तबाट शुरु गरियो । काम हुन थालेको चार महिना पुरा हुँदैछ । निर्माण शुरु गरिएको समय र कामको मूल्याङ्कन प्रतिशत हेर्ने हो भने कछुवा गतिमा चलेको देखिन्छ । काम शुरु भएको ४ महिनामा जम्मा १ मिटर खनिएको छ। सुरुङ मार्गको मुख्य भागबाट काम भइरहेको छ, हाल एक मिटर दूरी खनिएको आयोजनाकी इन्जिनियर सविता ज्ञवालीले जनाइन् । 

उनले भनिन्, सुरुङको मुख्य भाग (सिद्धबाबा मन्दिर) को डिजाइन पास भएर काम भइरहेको छ। इभ्याकुएसन इमर्जेन्सी टनेलको पनि काम अगाडि बढाइएको छ । तहगत रूपमा डिजाइन बनाउनुपर्ने र सोही अनुसार निर्माणलाई सँग लैजानुपर्छ। सुरुङ खन्दै गएपछि भित्री भागमा देखिने अवस्थालाई डिजाइन बनाउँदै जानुपर्छ । ७ अर्ब ३४ करोड २१ लाख ४० हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएकोमा अहिलेसम्म १२ प्रतिशत अर्थात् ८८ करोड रुपैयाँ खर्च भएको बताइएको छ। यद्यपि सुरुङ मार्ग सफल भएमा मृत्यु मार्गको रूपमा चिनिने सिद्धबाबा स्थित जोखिम क्षेत्रको ४ किलोमिटर दूरी घट्ने भएको छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ