arrow

सिँचाइ प्रणालीमा बुटवल बजारको प्रदूषण, अतिक्रमणले कुलो साँघुरिदै

logo
नारायण वली,
प्रकाशित २०८० माघ १ सोमबार
madrahani mauja2.jpg

लुम्बिनी । नेपाल कृषिप्रधान मुलुकमध्ये दोस्रो धनी देश मानिन्छ । केही वर्ष नेपालमा मौलाएको जग्गा प्लटिङले खण्डहर बन्दै गएका खेतीयोग्य जमीन मासिन पुगे ।

कुनै समय तेस्रो मुलुकमासमेत अन्न निर्यात गरेको देशको हालत आयातमा गुजारिँदै गएको छ । बाँकी रहेको खेतीयोग्य जमीनको संरक्षण र उर्बरतालाई कसरी जोगाउन सकिन्छ भन्ने बारेमा स्थानीय पालिकादेखि संघीय सरकारसमेतले ध्यान दिएको पाइँदैन । 

जसले गर्दा खेती गर्ने किसानहरु निराशा छाउँदै गएको छ भने खेतीयोग्य जमीनमा ह्रास आएको किसानहरुको दुखेसो छ । आइतबार रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न-११ मद्रहानी मौजाले आयोजना गरेको वनभोज तथा वार्षिक समीक्षामा सहभागी भएका किसानहरुले पछिल्लो समय बढ्दो जनघनत्वसँगै बुटवल बजारबाट सिँचाइ प्रणालीमा आउने सिँचाइ कुलोमा फोहोर फालेर प्रदूषण गर्ने, व्यक्ति र संघसंस्थाले अतिक्रमण गर्दा कुलो साँघुरिँदै गएको निष्कर्ष निकाल्दै गुनासो पोखे । 

किसानहरुले परापूर्वकालदेखि कुलो लगाएर खेतीपाती गर्दै आएकोमा नागरिकहरुबाट हुँदै आएको लापरबाहीले पहिले जस्तो सहजरुपमा सिंचाई गर्न नसकिएको बताए ।

उनीहरु भन्छन्, 'कुलोमा घरेलुदेखि विभिन्न उद्योग, व्यवसायहरुबाट फालिएका फोहोर पदार्थले खेतबारीको उर्बर माटोलाई बिगार्दै गएकाले उत्पादनमा बर्सेनि गिरावट आएको छ । पहिले जति क्षेत्रफलमा उत्पादन हुन्थ्यो, आज त्यही क्षेत्रफलको खेतमा उत्पादन हुँदैन ।'

'खेती गर्दा प्लास्टिक, सिरिन्ज, सिसालगायत नगल्ने वस्तुहरु प्रशस्तै भेटिन्छन् । जोखिम मोलेर खेती गर्नुपर्छ । सिँचाइका लागि किसानहरुले झेल्दै आएको समस्यालाई हल गर्न स्थानीय सरकारले चासो दिनुपर्ने हो । तर हालसम्म दिइएको पाइँदैन वनभोजमा सहभागी किसान पुरुषोत्तम श्रेष्ठ भने ।

बनभोज तथा वार्षिक समीक्षाका संयोजक स्थानीय रामनारायण चौधरीले पनि सिँचाइका लागि कुलोको संरचना पक्की नभएकाले फोहरलाई खेतबारीमा जानबाट रोक्न नसकिएको जनाए ।

मौजाका अध्यक्ष मोहनलाल ज्ञवालीले बुटवल बजारबाट आउने फोहर, छाडा चौपाया तथा जंगली जनावर, कुलो नजिकै अव्यवस्थित बसोबास र सामाजिक भवन निर्माणले चरम अतिक्रमणमा पर्दै गएको बताउँदै यसका लागि शसक्त भएर लाग्नुपर्नेमा जोड दिए ।

फोहरले माटो र उत्पादनमा ह्रास, छाडा चौपायले बालीनालीमा क्षति पुर्‍याउँदै आएकाले चौपाय व्यवस्थापनमा सम्बन्धित निकायले चासो दिनुपर्ने सुझाए । 

तिलोत्तमा नगरपालिका वडा न-११ का पूर्वअध्यक्ष मुक्तिनारायण चौधरीले जलवायु परिवर्तनको असरसँगै कृत्रिम प्रदूषणका कारण किसानहरुले ब्यहोर्नु परेको समस्यालाई समाधान गर्न स्थानीय तहको जिम्मेवारी महत्वपूर्ण रहेको बताए ।

छत्तीस सिँचाइ प्रणालीका क्षेत्रीय सदस्य शिवराम घिमिरे किसानहरुको हकहित र खेतीयोग्य जमीनको रक्षाका लागि सिँचाइ निकै आवश्यक रहेको जनाउँदै सिँचाइ प्रणालीमा रहेका समस्यालाई निस्तेज पार्न आफूहरु निरन्तर बहस, पैरवीमा रहेको उल्लेख गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ