arrow

तीन सय शैय्यासम्मका सरकारी अस्पतालहरूमा सरकारले नर्सिङ अध्यापन गराउने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ८ सोमबार
roshan-parajuli.jpg

काठमाडौँ । सरकारले १ सयदेखि ३ सय शैय्यासम्मका सरकारी अस्पतालहरूमा नर्सिङ अध्यापन गराउने भएको छ । सोमवार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले यस्तो बताएका हुन् । सचिव पोखरेलले १ सयदेखि ३ सय वेडसम्मका सरकारी अस्पतालहरूमा नर्सिङ पढाउने बोर्डले पास गरेको उल्लेख गरे । 

उनले १ सयदेखि ३ सय शैय्यासम्मका सरकारी प्रदेश तथा क्षेत्रीय अस्पतालहरूमा राज्यले दायित्व लिएर नर्सिङ पढाउने तयारी गरेको बताए । उनले आगामी तीन दिनभित्र निर्णयको लागि मन्त्रीपरिषद्मा लैजाने बताए । उनले ३ सय शैय्याका अस्पतालहरूका एमबीबीएस शिक्षा पनि दिने तयारी रहेको दाबी गरे । उनले नर्सिङ पढाउनेलाई स्टाप र ब्याचलर नर्स दुई कोर्स एउटै अस्पतालमा पढाउनुपर्ने व्यवस्था गर्ने बताए । उनले दुई तहलाई दुई वटा अस्पताल दिन सक्ने अवस्था नभएको बताए । 

 १५ शैय्या सम्मका स्थानीय तहका अस्पतालहरूमा एमबीबीएस डाक्टर सरकारले पठाउन नसक्ने उनको भनाई छ । स्वास्थ्य मन्त्रालयसँग भएको २६ सय दरबन्दीमा सबै पूरा रहेको भन्दै नयाँ जनशक्ति लिन सक्दिने अवस्था नभएको स्पष्ट पार्नुभयो । उनले स्वास्थ्य मन्त्रालयले लोकसेवा आयोगमार्फत प्रत्येक वर्ष केन्द्रीय दरबन्दीमा २० जनासम्म मेडिकल अफिसर लिइरहेको बताए ।

उनले भने,‘ स्वास्थ्य मन्त्रालयले १ सय देखि ३ सय बेडसम्मका सरकारी अस्पतालहरूमा नर्सिङ पढाउने गरी बोर्डले पास गरेका छौं । अबको तीन दिन भित्र मन्त्रीपरिषद्मा लैजान्छौँ । हामी के चाहन्छौँ भने १ सय वा २ सय बेड भएका अस्पतालहरूमा प्रत्येक प्रदेश वा साबिकका अञ्चल अस्पतालहरूमा राज्यले दायित्व लिएर नर्सिङ पडाउँछौँ । यसको लागि समन्वय गछौं । ३ सय बेडका अस्पतालहरूका एमबीबीएस शिक्षा नै गर्छौँ । नर्सिङ पढाउनेलाई स्टाप र ब्याचुलर नर्स दुई वटै भनेका छौं । दुई तहलाई दुई वटा अस्पताल दिन सकिँदैन । ३ सय बेडमा ठुला अस्पतालहरूले स्टाप नर्स पढाउन छोड्न नहुने भनेका छौं । १५ बेड सम्मका अस्पतालहरूमा एमबीबीएस डाक्टर पठाउन सक्दैनौँ । त्यहाँ सरकारले पठाउने भनेकै स्टाप नर्स हो । स्वास्थ्य मन्त्रालयसँग भएको २६ सय दरबन्दीमा सबै पूरा रहेको छ । त्यो भएकाले नयाँ जनशक्ति लिन सक्दिन । लोकसेवा आयोगमा प्रत्येक वर्ष केन्द्रीय दरबन्दीमा २० जनासम्म मेडिकल अफिसरको लागि भर्ना खालेका छौं ।’


सचिव पोखरेलले चालु आर्थिक वर्षको स्वास्थ्य मन्त्रालयको ४९ अर्ब ८० करोड बजेटमा पछिल्लो ६ महिनामा १० अर्ब ४१ करोड अर्थात् करिब २१ प्रतिशत खर्च भएको बताए । उनले चालु तर्फको ३७ अर्ब रुपैयाँमा ७ अर्ब ९० करोड र पुँजीगततर्फ १२ अर्ब ७३ करोडमा २ अर्ब ५१ करोड गरी २० प्रतिशत पुँजीगत खर्च भएको उल्लेख गरे । धेरै आयोजनाहरूको टेण्डर प्रक्रिया अगाडि बढिसकेको तर वैदेशिक खर्च २९ प्रतिशत हिस्सा बजेटमा भए पनि खर्च नहुँदा पुँजीगत खर्च कम देखिएको बताए ।

उनले भने,‘चालु आर्थिक वर्षको स्वास्थ्य मन्त्रालयको ४९ अर्ब ८० करोड बजेटमा पछिल्लो ६ महिनामा १० अर्ब ४१ करोड अर्थात् करिब २१ प्रतिशत खर्च भएको छ । चालु तर्फको ३७ अर्ब रुपैयाँमा ७ अर्ब ९० करोड खर्च भएको छ भने पुँजीगत तर्फ १२ अर्ब ७३ करोडमा २ अर्ब ५१ करोड गरी २० प्रतिशत पुँजीगत खर्च भएको देखिएको छ । केन्द्रीय सरकारले गर्नुपर्ने आयोजनाहरूको टेण्डर प्रक्रिया अगाडि बढिसकेको र माघ महिनाको अन्तिममा अझ बढ्ने अवस्था छ । वैदेशिक खर्च २९ प्रतिशत हिस्सा भएको हुनाले संयुक्त वित्तीय सम्झौता पछि मात्रै हुने भएकाले वैदेशिक खर्च नभएको अवस्था छ । त्यसले गर्दा पुँजीगत खर्च कम देखिएको छ । मन्त्रालयको भौतिक प्रगतिमा कार्यक्रम सम्पन्न भएका ४८.३ प्रतिशत छन् । कार्यक्रम भइरहेका ३५ प्रतिशत र कार्यक्रम शुरु नभएका १६ प्रतिशत रहेका छन् । कार्यक्रम शुरु नहुनुमा जग्गा प्राप्तिका समस्याका कारण पुस अन्तिमसम्म कार्यक्रम शुरु गर्नुपर्ने थियो ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ