arrow

अस्पतालका सबै सेवा प्रवाहलाई प्रभावकारी बनाउन संसदीय समितिको निर्देशन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २० बिहिबार
ambarbahadur-thapa.jpg

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले अस्पतालहरूको आकस्मिक लगायत सबै प्रकारका सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले अस्पतालहरूको आकस्मिक लगायत सबै प्रकारका सेवा प्रवाहलाई प्रभावकारी बनाइ आम नागरिकको सहज रूपमा सेवा पाउने अवस्थाको सुनिश्चित गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको हो । 

बैठकपछि समितिका सभापति अम्मरबहादुर थापाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई औषधिको गुणस्तर र सुनिश्चितताका लागि उत्पादन, विक्री वितरण लगायतका कार्यालय नियमन गर्न र दर्ता नभएका पोषण परिपूरकहरूको जथाभाबी विक्री वितरण भइरहेको गुनासो आएकाले प्रभावकारी अनुगमन गरी नियमन गर्न निर्देशन दिए । 

त्यस्तै समितिले स्वास्थ्य बिमा योजनालाई व्यवस्थित गर्ने, स्वास्थ्य बिमा अन्तर्गत समावेश गरिएका तथा बिरामीका लागि आवश्यक सबै प्रकारका औषधिहरू अस्पतालका फार्मेसीबाटै सहजै प्राप्तिको सुनिश्चित गर्न निर्देशन दिए । आम नागरिकको सहज रूपमा सेवा पाउने अवस्थाको सुनिश्चित गर्ने सम्बन्धमा समितिले विगतमा दिएका निर्देशनहरूको कार्यान्वयन गरी सो को प्रगति विवरण १० दिनभित्र समिति समक्ष उपलब्ध गराउन निर्देशन दिए । 

उनले भने, ‘आज भएको छलफलको आधारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई औषधिको गुणस्तर र सुनिश्चितताका लागि उत्पादन, विक्री वितरण लगायतका कार्यालय नियमन गर्न र दर्ता नभएका पोषण परिपूरकहरूको जथाभाबी विक्री वितरण भइरहेको गुनासो आएकाले प्रभावकारी अनुगमन गरी नियमन गर्न निर्देशन दिने । स्वास्थ्य बिमा योजनालाई व्यवस्थित गर्ने, स्वास्थ्य बिमा अन्तर्गत समावेश गरिएका तथा बिरामीका लागि आवश्यक सबै प्रकारका औषधिहरू अस्पतालका फार्मेसीबाटै सहजै प्राप्तिको सुनिश्चित गर्ने लगायतका अस्पतालहरूको आकस्मिक लगायत सबै प्रकारका सेवा प्रवाहलाई प्रभावकारी बनाइ आम नागरिकको सहज रूपमा सेवा पाउने अवस्थाको सुनिश्चित गर्ने सम्बन्धमा समितिले विगतमा दिएका निर्देशनहरूको कार्यान्वयन गरी सो को प्रगति विवरण १० दिनभित्र समिति समक्ष उपलब्ध गराउन निर्देशन दिने ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ