arrow

जटिल बन्दै लागुऔषध समस्याः न्यूनीकरणको शिक्षा बाँड्दै ग्रामीण महिला उत्थान केन्द्र

logo
नारायण वली,
प्रकाशित २०८० माघ ११ बिहिबार
Messenger_creation_3a1e2162-51ac-4608-9b4c-70a9302d45b3.jpeg

लुम्बिनी । नेपालका अदालतहरुमा मुद्धाहरुको संख्या हेर्ने हो भने लागू पदार्थ दुर्व्यसनीका मुद्धाहरु चाङका चाङ छन् । पहाडी जिल्लामा भन्दा झन विकराल नेपाल-भारत सीमा जोडिएका जिल्लाका शहरी क्षेत्रमा सम्बन्ध बिच्छेदका मुद्धाभन्दा चौगुणा बढी  लागु औषधका फाइल भरिभराउ छन् । लागु औषधसम्बन्धी जानकारी राख्ने अभिप्रायले लागु औषधको ऐतिहासिक पृष्ठभूमि, यसको क्रमिक विकास, लागु औषधीहरुको नाम, विभिन्न मुलुकहरुले गरेको कानुनी व्यवस्था, वर्तमान अवस्थामा यसको प्रभाव, यसलाई नियन्त्रण गर्न चालिएका विभिन्न मुलुकहरुका प्रयास समेतलाई लागु औषधको अपराध र यसको कानुनी पक्षका विषयमा दृष्टि राख्नुपर्ने आवश्यक देखिन्छ ।

नेपालमा लागु औषधको दूर्व्यसन साथै यसको अवैध ओसारपसार र त्यसबाट सृजित अन्य अपराधहरु ज्यादै गहन समस्याका रुपमा देखा पर्न थालेका छन् । अन्तर्राष्ट्रियरुपमै संगठित तस्करहरुले नेपाललाई लागु औषधको पारवहन विन्दु बनाउँदै आएको पछिल्ला घटनाहरुले देखाउँछ । अपराधी माथि कारवाही चलाउने अन्तर्राष्ट्रिय न्यायीक निकाय भएको पाईदैन्। त्यसैले अपराधको प्रविधिभन्दा माथि उठेर अनुसन्धान गर्ने प्रहरी संगठन र अन्तर्राष्ट्रियस्तरबाटै मुद्धा चलाउने न्यायीक कार्यको अभावले पनि लागु औषधसम्बन्धी अपराध दिनानुदिन बढ्दै गएको पाइएको छ । 

जुन निकै गम्भीर र चिन्ताको विषय बन्न पुगेको छ । अहिले इन्टरपोलले आफनो कार्यको १/३ प्रतिशत लागुऔषधसम्बन्धी अपराध अनुसन्धानमा खर्च गर्ने गरेको छ । यसले मात्रै केही सफलता हासिल गरेको पाइए पनि छुट्टै संगठनलाई सक्रिय गराइएमा अझै बढी सफलता हुने देखिन्छ । लागु औषध ओसारपसारका गिरोह प्रहरीभन्दा धेरै अगाडि देखिने र उपत्यका बाहेकका जिल्लामा छुट्टै प्रहरी सेलको स्थापना नगरिँदा नियन्त्रण कार्य प्रभावकारी बन्न सकेको छैन् ।

सोही क्रममा बुधवार ग्रामीण महिला उत्थान केन्द्रले दाङमा लागु पदार्थ दुर्व्यसनी सचेतना सम्बन्धि र्याली गरेको छ । केन्द्रद्धारा गठन गरिएको मेरिल्याण्ड पब्लिक एकेडमी थ्रि जिरो क्लबले उक्त कार्यक्रमको आयोजना गरेको हो । ग्रामीण महिला उत्थान केन्द्रका सुचना अधिकारी पार्वती वस्नेतले समाजमा रहेका विद्यमान कुरिति कु-  संस्कारहरु जटिल बन्दै गएकाले लागुपदार्थ दुर्व्यसनी कुलतको न्यूनीकरण गरी सभ्य समाज निमार्ण गर्न सचेतनामूलक कार्यक्रम, खुल्ला वहस, पैरवी र अन्तर्क्रिया जस्ता कार्यक्रमहरुको आवश्यक रहेको बताइन् । उनि भन्छिन्, ‘हाम्रो समाज, छरछिमेकी, टोल, शहरमा लागु औषध दुर्व्यसनीको प्रयोग भयावह रुपमा मौलाउँदै गएको छ," ती विकृतिहरुलाई न्यूनिकरण गर्न सम्बन्धित निकायहरुको ध्यान जान जरुरी छ ।" किनभने भोलीका देशका दक्ष जनशक्तिहरु आज कुलतमा फस्दै गएका छन्, यो समाज र देशका लागि राम्रो कुरा होइन् । यसका बारेमा सचेत गराउन पाठशालामा लागू पदार्थको बिषयवस्तु बनाएर अनिवार्य रुपमा अध्यापन गराउन आवश्यक छ । विद्यालय र  क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु यसको कुलतमा फसेको पाइन्छ ।,"  

उनले थपिन्, जसको सचेतनाले समुदायमा हुने अपराधिक गतिविधिलाई न्यूनीकरण गर्न सहयोग पुग्नुका साथै सभ्य समाज निमार्णमा सहयोग पुग्ने र बालबालिकाहरु कुलतबाट बच्न सक्नेछन् ।  ‘बालबालिका भनेका भोलीका देशका कर्णधार हुन् उनिहरुलाई विकृति, विसङ्गति, अपराधिक गतिविधि, लागु औषध जस्ता जघन्य अपराधबाट बचाउन आफुहरुले सानो एउटा प्रयास मात्रै थालेको बताइन् ।,

प्रोफेसर मोहम्मद युनुसले विश्वलाई शुन्य कार्वन उत्सर्जन, बेरोजगारी र गरिवीलाई शुन्य पार्ने अबधारणका साथ स्थापना गरिएको थ्रि जिरो क्लबले सोही प्रकारका गतिविधिलाई निरन्तरता दिदै आएको जनाइएको छ ।  

मेरिल्याण्ड पब्लिक एकेडेमीका प्रधानाध्यापक राजेन्द्र कुमार श्रेष्ठले विद्यार्थीहरुलाई यसको असर र कानुनी कुराहरुको ज्ञान दिन सकेमा आधाजति समस्या हल हुन सहयोग पुग्ने जनाए । स्थानीय समाजसेवी  तेमन बुढा मगर भन्छन्, बालबालिकाहरुमा सकारात्मक उर्जा सँगै केही गर्नुपर्छ भन्ने भावनाको विकास गर्न सबै लाग्नुपर्छ। व्यावहारिक ज्ञान सिप दिन सकेमा कुलतमा फस्ने नभई आयआर्जनको पाटोमा लाग्ने प्रेरित हुने उल्लेख गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ