arrow

दाङमा लुम्बिनीको राष्ट्रिय सभा चुनावको मतदान जारी, मुख्यमन्त्रीले गरे पहिलो मतदान

logo
नारायण वली, 
प्रकाशित २०८० माघ ११ बिहिबार
rastriyasabha-lumbini-votin.jpg

दाङ । राष्ट्रिय सभामा आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ जना राष्ट्रिय सभा सदस्यका लागि अहिले मतदान भइरहेको छ । सो क्रममा लुम्बिनी प्रदेशमा दुई जना राष्ट्रिय सभा सदस्य पदमा चुनाव भइरहेको छ । 

ठीक ९ बजे लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मतदान गरेर निर्वाचन प्रक्रिया शुरु भएको हो ।

लुम्बिनीका १ सय ९ वटा पालिकाका २ सय १८ जनप्रतिनिधिले मतदान गर्दैछन् । मतदान ३ बजेभित्र गर्न निर्वाचन आयोगले तालिका सार्वजनिक गरिसकेको छ । 

 निर्वाचन प्रमुख दामोदर घिमिरेले तयारी राम्रो भएको बताए । निर्वाचनको तयारीका लागि सुरक्षा व्यवस्था कडा पारिएको लुम्बिनी प्रदेश प्रहरी प्रमुखको कार्यालयले जनाएको छ । 

निर्वाचनलाई सभ्य र शान्ति सुरक्षारहित बनाउन सुरक्षा व्यवस्था कडा बनाइएको छ । जिल्लाको अवस्था पनि ठीकै रहेको निर्वाचन क्षेत्र (ख) कि निर्वाचन प्रमुख एवं दाङकी सहायक प्रमुख जिल्ला अधिकारी साबित्रा पुनले बताइन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ