arrow

राष्ट्रिय सभा सदस्य चयन गर्न सुदूरपश्चिममा मतदान [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ११ बिहिबार
sudurpaschim-election.jpg

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्य चयन गर्न मतदान जारी छ । राष्ट्रिय सभाको निर्वाचन केन्द्र तोकिएको धनगढीस्थित प्रदेश सभा सचिवालय परिसरमा मतदान शुरु भएको हो । 

मतदान बिहान ९ बजेदेखि शुरु भएको हो । राष्ट्रिय सभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा दुई सय २८ मतदाता रहेका छन् । 

निर्वाचन अधिकृतको कार्यालयले ५२ जना प्रदेश सभा सदस्य र १७५ जना स्थानीय तहका प्रमुख-उपप्रमुख तथा अध्यक्ष-उपाध्यक्षका लागि छुट्टाछुट्टै मतदान स्थल बनाएको छ । सोहीअनुसार मतदान भइरहेको छ । 

दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । मतदान सकिए लगत्तै मतगणना गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट ६ जनाले उम्मेदवारी दिएका छन् । 

सत्तारुढ गठबन्धनका तर्फबाट अन्यतर्फ कांग्रेसका बलदेव बोहरा, अल्पसङ्ख्यक तथा आपांगतातर्फ कांग्रेसका नारायणदत्त भट्ट र महिलातर्फ नेकपा (माओवादी केन्द्र) की रेणु चन्दले उम्मेदवारी दिएका छन् । 

नेकपा एमालेले अन्यतर्फ ईश्वरीप्रसाद खरेल, अल्पसङ्ख्यक तथा आपांगतातर्फ रामचन्द्र जोशी र महिलातर्फ सावित्रादेवी घिमिरेलाई उम्मेदवार बनाएको छ । 

सुदूरपश्चिम प्रदेशमा कुल मतभार ६१ सय रहेको छ । जसमा सत्तारुढ गठबन्धनको मतभार ४ हजार ४५७ रहेको छ भने एमालेको मतभार १ हजार ४८० छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ