arrow

गाडेखोला गाउँमा आगलागी

सुतिरहेको गोठमा लाग्यो आगो : आमा बाहिर निस्किन्, दुई सन्तान भित्रै छुटे

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०८० माघ २२ सोमबार
fire-final.jpeg

मुगु । मुगु जिल्ला खत्याड गाउँपालिका वडा न २ गाडेखोला गाउँको एक घरमा राती आगलागी हुँदा जलेर खरानी भएको छ । भने आगलागी हुँदा एकै घरका दुई जना सन्तान बेपत्ता भएका छन् । 

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक  वीरेन्द्र थापाले दिएको जानकारी अनुसार राती बालबच्चासहित आमा सरस्वती सन्ज्याल घरको गोठमा सुतेकी थिइन् । 

बालेर राखेको आगोले गोठमा आगो लाग्दा आमा बाहिर निस्कन सफल भए पनि छोरा र छोरी छोडिएका थिए ।  १४ वर्षै छोरा विशाल सन्ज्याल र १२ वर्षकी झ्ररना सन्ज्याल घरको गोठमै छोडिएका हुन् । 

घटना लगतै प्रहरी चौकी श्रीकोटबाट प्रहरी घटना स्थलमा पुगेर स्थानीयहरूको सहभागितामा आगो नियन्त्रणको प्रयास गरिरहेको छ । सोमवार बिहानसम्म पनि आगो नियन्त्रणमा आएको छैन । 

घरमा काठ पनि राखेको र घर कच्ची काठ प्रयोगबाट बनेको भएकोले आगो झन् दन्किएको थियो । 

सोमबार बिहानसम्म पनि दुई बच्चा नभेटिएको र आमाले बच्चा बाहिर ननिस्किएको भनी बिलौना गरिरहेकाले दुबै बालबालिका जलेर खरानी भैसकेको हुनसक्ने  प्रहरी नायव उपरीक्षक थापाले बताए ।

पीडित सरस्वतीका श्रीमान् लाले सन्ज्याल कामको खोजीमा भारत रहेको पनि प्रहरीले बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ