arrow

पहिचान पक्षधरसँग कोशी सरकारले गर्‍यो पाँच बुँदे सहमति

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २६ शुक्रबार
koshi-demand-name-2080 (19).jpg
तस्बिर – फाइल ।

विराटनगर । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच शुक्रबार पाँच बुँदे सहमति भएको छ ।

दुई दिन चलेको वार्तापछि शुक्रबार भएको पाँच बुँदे सहमतिअनुसार प्रदेशको पुनः नामकरण सम्बन्धमा सरकार र  आन्दोलनरत पक्षबाट संविधानसम्मत राजनीतिक पहल एवं छलफल अगाडि बढाइनेछ । 

यी हुन् सहमति भएका पाँच बुँदा–

१, प्रदेशको पुनः नामाकरण सम्बन्धमा सहमति हुने राजनीतिक वातावरण बनाउन सरकार एवं आन्दोलनरत पक्षबाट संविधानसम्मत राजनीतिक पहल एवं छलफल अगाडि बढाउने ।

२, आन्दोलनरत पक्षले आन्दोलनको स्वरुप परिवर्तन गरी शान्तिपूर्ण राजनीतिक गतिविधि अगाडि बढाउने र सरकारको तर्फबाट कुनै पनि प्रकारको बल प्रयोग नगर्ने ।

३, पहिचानको आन्दोलनका क्रममा भएका घाइतेहरुको उपचारको व्यवस्थापन र शहीद परिवारलाई क्षतिपूर्तिको व्यवस्था प्रदेश सरकारले प्रबन्ध गर्ने ।

४, पहिचानको आन्दोलनको क्रममा कारागारमा रहेकाहरुको रिहाइ र मुद्दा लागेका व्यक्तिहरुको मुद्दा फिर्ताको प्रक्रिया प्रदेश सरकारले अगाडि बढाउने ।

५, अर्को वार्ता मिति दुवै पक्षका वार्ता समिति संयोजकहरुले आपसमा समन्वय गरी फागुन १० गतेभन्दा अगाडि बस्ने गरी समय र स्थान निर्धारण गर्ने ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ