काठमाडौँमा मिटरब्याजी पीडितको विरोध प्रदर्शन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ११ शुक्रबार
842
Shares
काठमाडौँ । न्याय खोज्दै पैदल यात्रा गरी देशभरबाट काठमाडौं आएका मिटरब्याजी पीडितहरूले काठमाडौँमा प्रदर्शन गरेका छन् ।
शुक्रबार उनीहरूले त्रिभुवन पार्कबाट हिँड्दै पैदल आएर रत्नपार्कमा प्रदर्शन गरेका हुन् । भृकुटीमण्डपबाट सिंहदरबार जाने क्रममा भृकुटीमण्डप क्षेत्रमै प्रहरीले रोकेपछि उनीहरूले सोही स्थानमा सडकमा बसेर विरोध जनाए ।
प्रदर्शनकारीहरूले किसानको भूमि फिर्ता गर्, पीडितहरू एक हौँ, हाम्रो आन्दोलन जारी छ, मेची, महाकाली, काठमाडौं पैदल यात्रा सफल पारौँ, पीडितलाई न्याय दे लगायतका नारा लगाएर विरोध जनाएका छन् ।
उनीहरू बुधबार साँझ पैदल यात्रा गरेर काठमाडौं आइपुगेका थिए ।