arrow

बिना शिक्षा विकासको कल्पना गर्न सकिँदैन : मुख्यमन्त्री चौधरी

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १२ शनिबार
Dilli pd chaudhari lumbini.jpg
तस्बिर-फाइल

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शिक्षा बिना देश विकासको कल्पना गर्न नसकिने बताएका छन् ।

दाङको तुलसीपुर-४ रक्षाचौरस्थित गुरुजजुर माविको शुक्रबार ६९औँ वार्षिकोत्सवलाई संबोधन गर्दै उनले शिक्षा गुणस्तरीय भएमा मात्रै मुलुकले कोल्टे फेर्ने बताए । 

पछिल्लो समय सरकारी विद्यालयमा पनि अङ्ग्रेजी माध्यामबाट पठन-पाठन थालिएकाले निजी विद्यालयभन्दा राम्रो नतिजा ल्याउन थालेको मुख्यमन्त्री चौधरीले बताए । 

उनले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने प्रदेश सरकारको नीति रहेको बताउनुभयो । कृषिले नै मुलुकलाई समृद्ध बनाउने उनको भनाइ थियो ।  

प्रधानाध्यापक विष्णुकुमारी केसीले हाल विद्यालयमा शिशु कक्षादेखि कक्षा १२ सम्म २ हजार ७ सय ५१ विद्यार्थी अध्ययनरत रहेको जानकारी दिए । 

विद्यालयमा हाल उच्च मावि, व्यवस्थापन तथा मानविकी समूह, विज्ञान समूह र प्राविधिक शिक्षातर्फ तीनवर्षे बाली विज्ञानको पढाइ भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ