arrow

व्यक्तिगत लगानीमा पुर्वाञ्चलमा तेक्वान्डोको विकास

logo
कुमाेद अधिकारी,
प्रकाशित २०७३ मंसिर ३ शुक्रबार
tekwando1.jpeg
विराटनगर । पूर्वाञ्चक्षेत्रमा तेक्वान्डो खेल भित्राउन सफल भएका प्रविनकुमार कार्की   सरकारवाट केही सहयोग नपाएपछि अहिले आफनै लगानीमा तेक्वान्डो खेलको विकासमा सक्रिय भएका छन । स्वतः स्फूर्त रुपमा लगानी गरेर पुर्वाञ्चलमा तेक्वान्डो भित्राउने कार्की पहिलो व्यक्ति हुन ।
 
२०४९  सालमा तेक्वान्डो तथा मार्शल आर्टमा जोडिएका कार्कीले मोरङको पूर्वाञ्चलमै पहिलोपटक मोरङको बाहुनीमा तेक्वान्डोका ७० जना खेलाडी उत्पादन गरेका थिए । 
 
मोरङको कसेनी गाविसमा जन्मेर र अहिले विराटनगरमा स्थाई घर भएका कार्कीले पूर्वाञ्चल तेक्वान्डोको विकासका लागि व्यक्तिगत रुपमा ५ लाख रुपैया भन्दा बढी खर्च गरेको उनको भनाई छ ।
 
सरकारले बजेट नदिएकै कारण आफुले विभिन्न कार्यक्रममा लगानी गर्दै आएको उनी सुनाउँछन् । खेलमा लागि सकेपछी आर्थिक अभावमा खेल र खेलाडीहरुलाईबीचमा छाड्नै नसकेकाले आफूले व्यक्तिगत लगानी गरेको उनको भनाई छ ।
 
मध्यम परिवारमा जन्मिएका कार्कीले  खेलमा प्रवेश गरेपछी युुवाहरुको चाहना र आकार्षण बढेकाले पनि लगानी गरेको उनको भनाई छ । अन्य पेशा अपनाएर काम गरेर कमाउने यो उमेरमा घरैबाट रकम खर्च गरेर खेलको विकास गर्न पाउदा उनी दंग छन ।   तेक्वान्डो खेलले आफनो जीवनमा सही मार्ग देखाएको उनको भनाइ छ ।
 
सानोमा झगडालु स्वभावको भएको र मार्शल आर्ट सिकेर सबैलाई पछार्ने र तह लाउने उद्देश्यले यो खेलमा प्रवेश गरेकोमा खेलमा जोडिएपछि आफनो बानी ब्यहोरा समेत परिवर्तन भएको उनी सुनाउँछन् । यो खेलले  झगडालु स्वाभ भएको मानिसलाई सहन सक्ने क्षमता बढाउछ र समाजलाई सहि बाटोमा लैजान मद्दत पुग्ने उनी बताउँछन् ।
 
शुरुमा यो खेलमा सहभागीहुँदा पुर्वाञ्चलमा मार्शलआर्टको अवस्था शुुन्य भएको मा अहिलो आफुले १ सय ५० प्रशिक्षक र ५ सयभन्दा बढी खेलाडी उत्पादन गरेको उनको दाबी छ । वनडानदेखि फोरडनसम्मका प्रशिक्षक उत्पादन गरेको उनको भनाई छ । उनका अनुसार युवाहरुमा यो खेलप्रति आकार्षण बढ्दै गएको छ । युवतीहरु समेत स्वतः स्फूर्त रुपमा यो खेलमा आएर प्रशिक्षण लिने गरेका छन ।
 
यो खेलमा २२ वर्षसम्म निरन्तर लागेपछि कार्की अहिले तेक्वान्डो खेल राष्ट्रिय मार्सल आर्ट महासंघका राष्ट्रिय अध्यक्ष नेपाल तेक्वान्डो इन्टर नेशनल मार्शलआर्ट महासंघका उपाध्यक्ष तथा दक्षिण एशियाली तेक्वान्डो फेडरेसन बोर्डका सदस्य पनि भईसकेका छन् । आर्थिक अभावका कारण खेलको गाउँ क्षेत्रीय, जिल्ला प्रतियोगिता गर्दा होस वा प्रतियोगितामा सहभागीहुन मुलुक बाहिर खेलाडीलाई पठाउँदा वा विदेशमा सेमिनारमा जाँदा  निजी संघ संस्थाको सहयोग लिने तथा चन्दा नै संकलन गर्नुपर्ने वाध्यता रहेको छ ।
  
मुलुकभर मार्शल आर्टका १० हजार भन्दा वढि खेलाडी छन । खेलाडीहरुलाइ  राष्ट्रले सम्मानगर्न नसकेकोमा उनी चिन्तित छन । खेलाडीहरुले व्याक राउण्ड केरियर बाहेक केही नपाएको कार्कीको गुनासो छ ।
 
तरपनि सरकारको लगानी यो क्षेत्रमा छैन । २०५६ सालमा कार्की जागिरमा समेत मनोनित भएका थिए । तर जागिर भन्दापनि खेलको विकास गर्नुपर्छ भन्ने सोच आफुमा रहेकाले जागिर नखाएको उनी सुनाउछन ।
मार्शल आर्टको विकास गर्ने र मुलुकलाई मार्शल आर्टमोह बनाउने सोचमा  आफू रहेको उनी सुनाउँछन् । एक घर एक खेलाडी भन्ने नारालाई मुलमन्त्र मानेर विश्वमा मार्सलआर्टबाट चिनिने मुलुकमा यसको थप विकास आवश्यक रहेको उनको बुझाई रहेको छ ।
 
सरकारले लगानी नगर्दा सानो–सानो कार्यक्रम गर्दा पनि आफ्नो लगानी गर्नुुपर्ने नभए चन्दा उठाउनुपर्ने अवस्था रहेको छ । मार्शलआर्ट प्रतियोगितामा खेलाडीलाई ज्यानै जानेगरी गम्भीर चोट लाग्ने अवस्था भएपनि खेलाडीको उपचारको कुनै व्यवस्था नभएको र आफूले खेलको जिम्मेवारी लिएपनि सरकारले ध्यान नदिँदा सोचे जस्तो कामगर्न नसकिरहेको कार्कीको भनाई छ । कार्की तेक्वान्डो खेलका फाइभ डन र मार्शलआर्टका व्लाकवेल्ड खेलाडी हुन ।
 
यो खेललाई गाउँगाउँमा पुर्‍याउन आफु लागि रहेको उनले  बताएका छन् ।  बाग्लुङ जिल्लाको वुर्तिवाङमा चौथो प्रोफेशनल तेक्वान्डो प्रतियोगिता आयोजना गर्न लागिएको छ । नेपालमा मार्शल आर्टको महत्व ठूलो रहेको छ आठौं दक्षिण एशियाली खेलकूद प्रतियोगिता नेपाल विश्वमै मार्शलआर्टको धनी देशको रुपमा चिनिन्थ्यो । 
 
अब हामीले १३ औ दक्षिण एशियाली साफ गेममा नेपाललाई पहिलो बनाउनेगरी प्रशिक्षण भइरहेको  उनको भनाई छ । नेपाली खेलाडीहरुमा आकाश छुने क्षमता छ ।
 
हालै मलेशियामा भएको फुटवल प्रतियोगिताको जितले पनि सफलताको शिखर चुम्ने नेपाली खेलाडीको क्षमतालाई विश्व सामु देखाएको छ । उनी अब पूर्वाञ्चलमा राष्ट्रिय खेलकुद प्रतियोगिता हुुन लागेको छ । यो बीचमा यो प्रतियोगिता दुर्इपटक हुनुपर्ने हो त्यो भएन । अव राजनितिक टकरावका कारण प्रतियोगिता रोक्नु नहुने उनको भनाई छ ।  प्रतियोगितामा खेलाडीको भविष्य गाँसिएकाले सरकारले प्रतियोगिताको सम्वन्धमा चाँडै मिति तोक्नुपर्ने उनको भनाई छ । प्रतियोगिता आयोजना भए तेक्वान्डो खेलको विकासमा ठुलो सहयोग पुग्ने उनको भनाई छ । 
 



नयाँ