arrow

गधा हत्यामा प्रतिबन्ध, चीनलाई झड्का 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २० आइतबार
donkey----.jpg
तस्बिर – फाइल ।

बेइजिङ । अफ्रिकामा गधाको छालामा प्रतिबन्ध लगाएपछि चीनलाई ठूलो झड्का लागेको छ । वास्तवमा चीनमा गधाको छाला धेरै वर्षदेखि अजियाओ औषधि बनाउन प्रयोग हुँदै आएको छ।

तर ५५ राष्ट्रको अन्तरसरकारी अफ्रिकन युनियनले आगामी १५ वर्षसम्म गधाको हत्यामा प्रतिबन्ध लगाएको छ । यो समस्या चीनका लागि टाउको दुखाइ बनेको छ । 

गत १८ फेब्रुअरीमा इथियोपियामा आयोजित ३७ औँ अफ्रिकन युनियन शिखर सम्मेलनमा अफ्रिकी राष्ट्र प्रमुखहरूले छालाको लागि गधाको वधमा प्रतिबन्ध लगाउन सहमत भएका हुन् । 

अफ्रिकामा गधालाई गरिबको आम्दानीको स्रोत मानिन्छ । चीनमा गधाको बढ्दो मागका कारण यो जनावरको अस्तित्व खतरामा परेको जनाउँदै आइएको थियो । 

यही कारणले गर्दा अफ्रिकी संघले आगामी १५ वर्षसम्म छालाको लागि गधाको हत्यामा प्रतिबन्ध लगाएको छ । चीनमा अजियाओ बनाउने व्यवसायीले विगत एक दशकदेखि अफ्रिकी महादेशबाट ठूलो संख्यामा गधा आयात गर्दै आएका थिए तर त्यहाँ गधा मार्न प्रतिबन्ध लागेपछि उनीहरूसँग अब एउटै देशमा भर परेको छ । त्यो हो– पाकिस्तान ।

चीनले अहिले पाकिस्तानबाट धेरै अपेक्षा गरेको छ । पछिल्ला केही वर्षमा पाकिस्तानले चीनमा धेरै गधा निर्यात गरेको छ। यति मात्र होइन चीनमा गधाको बढ्दो मागलाई ध्यानमा राख्दै पाकिस्तानका किसानहरूले पनि ठूलो संख्यामा गधा पालिरहेका छन् ।

अफ्रिकी महादेशमा गधालाई गरिबको सहारा मानिन्छ। गधाहरूले आफ्नो जीविकोपार्जनमा महत्त्वपूर्ण भूमिका खेल्छन्। विश्वमा ४२ देखि ५३ करोड गधा मध्ये १ करोड ३० लाख गधा अफ्रिकामा मात्र पाइन्छन् । 

मिडिया रिपोर्टका अनुसार चीनसँग व्यापार सुरु भएपछि अफ्रिकामा गधाको संख्यामा तीव्र कमी आएको थियो । गधा वैश्विक स्तरमा सन् २०२१ मा विश्वव्यापी रूपमा मारिएका गधाको संख्या ५९ लाख रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ