केही महिनापछि फेरि अर्को गठबन्धन बन्ने शेखर कोइरालाको दाबी [भिडियो]
प्रचण्डजीले कोशी प्रदेशलाई हामीहरूको मुख्यमन्त्री बन्नलाई तपाईँहरूले रोक्नुभयो भनेर दोष दिनुभयो
हाम्रा कुरा
प्रकाशित २०८० चैत १७ शनिबार
914
Shares
काठमाडौँ ।नेपाली कांगेसका नेता डा. शेखर कोइरालाले केही महिना भित्रै सत्तारुढ गठबन्धन टुट्ने दाबी गरेका छन् । अहिले नयाँ सत्तासमिकरण केन्दमा बनेको र प्रदेशमा पनि बन्दै जाने उल्लेख गर्दै उनले केही महिनापछि फेरि अर्को गठबन्धन बन्ने बताएका हुन् । नेपाली कांग्रेसले विपक्ष भएको नाताले सत्तामा जानका लागि कोशिस गरिराख्ने र त्यो केही महिना भित्रै सफल हुने नेता कोइरालाको भनाई थियो ।
नेता कोइरालाले गठबन्धन बन्ने र भत्किने कुराले देश नबन्ने भन्दै यसलाई रोक्नका लागि निर्वाचन प्रणालीमा नै सुधार गर्नुपर्ने प्रस्ताव समेत राखे । राष्ट्रिय सभालाई समावेशी समानुपातिक प्रतिनिधित्व गराउने र प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचित हुने निर्वाचन प्रणाली अवलम्बन गरे मात्रै कुनै एक दलले बहुमत ल्याउने र मुलुकमा राजनीतिक स्थायित्व र विकास, निर्माणको कामले गति लिन सक्ने नेता कोइरालाले बताए । उनले आगामी निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धन गरेर नजाने अडान समेत राखे । नेता कोइरालाले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सरकार र सत्तारुढ दलले संसद्बाट पास गरे पनि त्यसलाई लागू हुन नदिने जिकिर पनि गरे ।
उनले भने, ‘देश भनौ वा नेपाली कांग्रेस भनौं कठिन परिस्थितिमा छ । देशको राजनीतिक, सांस्कृतिक, सामाजिक, आर्थिक कुनै पनि कुरा ठिक ठाउँबाट हिँडिरहेको छैन । हामीहरुले गठबन्धन गर्यौ, निर्वाचनमा गयौ । लार्जेष्ट पार्टी भयौं । खुशी भयौ । तर तपाईहरुमध्ये कतिजना चितवन जानु भएको छ । मलाई थाहा छैन । त्यहाँ गएर सोध्नुस, त्यहाँ गएर बुझनुस । नेपाली कांग्रेसको एउटा कार्यकर्ता पनि गठबन्धनको विरोधमा छ । एउटा कार्यकर्ता पनि सर्पोटमा छैन । हामीले आफूले उम्मेदबार दिनुपर्ने मेयरको टिकट हामीहरुले अर्को पार्टीलाइै दियौं । तर हामी खुशी के मा भयौं भने हामी लार्जेष्ट पार्टी भयौ भनेर । संगठन कमजोर भईराखेको छ भन्ने कुरा यस चोटीको केन्द्र र प्रदेशको निर्वाचनले देखायो । साँढे ७ पर्सेन्ट समानुपातिकको सिट हाम्रो घटेको छ । यति कम सिट नेपाली कांग्रेसको २०१५ सालको इलेक्शनदेखि आजसम्म कहिल्यै भएको थिएन । त्यसकारण पनि हामीहरु गठबन्धनमा जानुहुँदैन । जाँदैनौं । अबदेखि हामी एक्लै चुनाव लड्छौं भन्ने प्रण हामी गर्छौं । ढुक्क हुनुहोस–नेपाली कांग्रेस अब एक्लै चुनाव लड्छ । प्रचण्डजीले नेपाली कांग्रेसलाई दोष दिनुभयो । र दोष दिएर के भन्नु भयो भने–कोशी प्रदेशमा हाम्रो उम्मेदबारलाई हराउनु भयो तपाईहरुले । कोशी प्रदेशलाई हामीहरुको मुख्यमन्त्री बन्नलाई तपाईहरुले रोक्नु भयो भनेर दोष दिनु भयो । इन्डारेक्टली त्यो दोष मलाई नै थियो । मैले नै रोकेको हो कोशीमा । सभापतिजी लगायत पदाधिकारीजीहरु प्रधानमन्त्रीजी कहाँ गएर नेपाली कांग्रेसको आफूले भनेको व्यक्ति हुन्छ भने ठिक होइन भने तपाईहरुको उम्मेदबार बनाउनुस मुख्यमन्त्री भन्ने थियो । त्यो मलाई स्विकार्य हुने नै भएन । नेपाली कांग्रेसका लडाकु हामीहरु कुनै पनि हालतमा कोशी प्रदेशमा माओवादीलाई मुख्यमन्त्री दिने पक्षमा म थिइन । सिटै छैन । ३२ सिट केन्द्रमा छ । ९० सिट हामीहरुको छ । अनि माओवादीलाई दिँदै जाने । पुलपुलाउँदै जाने ? चितवनको घटना म कोशी प्रदेशमा हुन दिन्न भनेर हामीहरुले संविधानको धारालाई टेकेर नेपाली कांग्रेसको आज मुख्यमन्त्री बनेको छ । गरेको मैले हो । नेपाली कांग्रेसलाई बचाउनका लागि मैले गरेको हो । मलाई आफूलाई केही पनि चाहिएको होइन । मैले सभापतिजीलाई पटकपटक गएर भने–जुन व्यक्तिको नाम लिईरहनु भएको छ । उन दुई दुई पटक असफल भईसक्नुभयो । तपाई नेपाली कांग्रेसको कुनैपनि सांसदलाई उम्मेदबार बनाउनुस । म मान्न तयार छु । तर ऊ आफैं बन्दिन भन्दै हुनुहुन्छ । मुख्यमन्त्री माओवादीलाई बनाउन भन्ने आँट मलाई चाँही प्रचण्डजीसँग भन्न आउँदैन । भन्न सक्ने कुरा पनि हुँदैन । प्रचण्डजीले दोस्रो हामीहरुलाई चार्ज लगाउनु भयो । महासमिति बैठकमा नेपाली कांग्रेसको प्रतिवेदन हो । लाग्छ–त्यो माओवादीले लेखिदेओस् भन्न ठान्नुभएको होला । हामीले भन्यौं । म त जनयुद्ध भन्दिन । सशष्त्र द्वन्द्व असमायिक थियो भनेर उपसभापतिको प्रतिवेदनमा छ । त्यसको विरोध गर्नु भयो । र, महामन्त्रीको प्रतिवेदनमा २०८४ को चुनाव हामी एक्लै लडछांै भनेर भन्ने नेपाली कांग्रेसको प्रतिवेदन प्रचण्डजीले लेख्ने हो भने कस्तो नेपाली कांग्रेस हामीले बनाउन खोजेको हो ? उहाँ किन जानुभयो, के यही कारणहरु हो ? भन्ने प्रश्न मेरो मनमा उठिराखेको छ । मलाई लाग्दैन यी कारणले छोडेर उनले एमालेसँग जानु भएको भन्ने मलाई लाग्दैन । हुनसक्छ–भूराजनीतिक परिस्थितिले गरेको हुनसक्छ । हुनसक्छ सत्य निरुपण तथा मेलमिलापमा नेपाली कांग्रेस लचिलो छ । एमाले अपm्ठयारो भएको छ । र, त्यो टिआरसी विधेयक भन्छौं हामी । त्यो पास भएन भने म त अपm्ठयारोमा पर्छु भन्ने लागेको हुन सक्छ उनलाई । अनि के गर्नु भयो भने एमाले सित त कुरा गरे । नेपाली कांग्रेसले मानिहाल्छ भनि ठान्नुभयो । तर आज यही मञ्चबाट म भन्न चाहन्छु–नेपाली कांग्रेस सर्वोच्च अदालतले दिएको निर्देशनलाई पालना गर्छ । नेपाली कांग्रेस अन्तर्राष्ट्रिय संघ, संस्था, ह्युमन राईटस जुन संघ, संस्था छ । त्यसको मिनिमम क्राईटेरियालाई हामीहरुले लिएर मात्रै अगाडि बढ्छौं । र, तेस्रो छ–पीडितमैत्री टिआरसी बन्नुपर्छ भन्ने नेपाली कांग्रेसको मान्यता छ । यी कुराहरु भएन भने जतिसुकै संसदबाट पास भएर ऐन आयो भने पनि त्यो ऐन लागू हुन सक्दैन भन्ने कुरा पनि तपाईहरुको माझमा राख्न चाहन्छु । सर्वोच्च अदालतले आजभन्दा ३ वर्ष पहिले निर्णय गरेको छ । त्यो निर्देशन हामीले पालना गर्ने कि नगर्ने ? अव जघन्य अपराध र अपराधलाई एउटै क्याटोगरिमा राख्न थाल्यो भने कसरी अगाडि बढछ ? हो यो विषयहरुलाई माओवादीले मिलाउन खोजेको मलाईचाँही आभास भईराखेको छ । हामी अहिले विपक्षमा छौं । विपक्षको भूमिका हामी निर्वाह गर्छौ । सत्ता पक्षले राम्रो काम ल्याएको छ भने सर्पोट गर्छौं नत्र विपक्षको भूमिका हाम्रो छँदैछ । एउटा प्रश्न मेरो मनमा उब्जिरहेको छ । तपाईहरु सबै यहाँ बौद्धिक समाजका मानिसहरु हुनुहुन्छ । के ६-६ महिनामा, एक एक वर्षमा गठबन्धनहरु टुटने, भत्किने, फेरी बन्ने गर्न थाल्यो भने देशको विकास हामीहरुले कहिले गर्ने ? केन्द्रमा हुने भयोभयो । अव सात वटै प्रदेशमा हुँदैछ । भोली यही प्रदेश वागमती प्रदेशबाट शुरु हुन्छ । सातै वटै प्रदेशमा हुन्छ । फेरी अर्को गठबन्धन बन्छ केही दिनपछि, केही महिना पछि । पक्कै बन्छ । किन हामी विपक्षमा छौं । हामी कोशिस गरिराखेका हुन्छौ सत्तामा जानका लागि । त्यो स्वभाविक हो । यसरी देश अगाडि बढन सक्दैन । हाम्रो निर्वाचन प्रणाली नै यस्तो छ कि कुनै पनि दलको बहुमत आउनै सक्दैन । गठबन्धनमा जानैपर्ने हुन्छ । त के गर्ने, कसरी जाने ? निर्वाचन प्रणालीलाई सुधार गरेर जान सकिन्छ कि सकिदैन ? सुधार गर्दाखेरी समानुपातिक समावेशी संविधानको मूल सिद्धान्तमा पर्छ । त्यसलाई हामीले कसरी लिएर अगाडि जाने ? मेरो विचारमा त समानुपातिक समावेशी जुन चरित्र छ । त्यसलाई पनि हामीहरुले स्विकारेर उनीहरुलाई अपर हाउसमा लगेर लोअर हाउसलाई प्रत्यक्ष निर्वाचित गरेर अगाढि बढ्नसक्छौं । यसरी जाँदा कुनै पनि दलको बहुमत आउँछ । देशलाई स्थिरता दिने बाटोमा हामीले सोच्नुपर्ने आवश्यक्ता मैले देखेको छु । नेशन फस्र्ट भनेर हामीले सोचेनौ भने काम छैन ।’
नेता कोईरालाले पीडितमैत्री भएमात्रै संक्रमणकालीन न्याय सम्बन्धि विधेयक पारित गर्न नेपाली कांग्रेसले साथ दिने स्पष्ट पारे ।