arrow

विश्वासको मत नलिई लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २२ बिहिबार
lumbini-province-dilli-chaudhary-executive.jpg

बुटवल। लुम्बिनी प्रदेश सभाका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी राजीनामा दिएका छन्। बिहीबार लुम्बिनी प्रदेश सभामा सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले राजीनामा दिएका हुन्।

यस अघि माओवादी र एकीकृत समाजवादीले सरकार छोडेपछि उनले आज विश्वासको मत लिने तालिका रहेको थियो। तर उनले विश्वासको मत नलिएर राजीनामा दिएका हुन्।

यस अघि आजै लुम्बिनीका चार दल एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा तथा एक स्वतन्त्र सांसदबीच माओवादी केन्द्रका सांसद जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउने सहितका पाँच बुँदे सहमति गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ