arrow

रहेनन् क्युवाली क्रान्तिका महानायक फिडेल क्यास्ट्रो

logo
प्रकाशित २०७३ मंसिर ११ शनिबार
fedel-castrol.jpeg
एजेनुसी ।  क्युवाली क्रान्तिका महानायक फिडेल क्यास्ट्रोको ९० बर्षको उमेरमा निधन भएको छ । कास्ट्रोको शुक्रबार राति निधन भएको हो ।  उनका भाई तथा वर्तमान् राष्ट्रपति राहुल कास्ट्रोले क्युवाको राष्ट्रिय टेलिभिजनमार्फत पूर्व राष्ट्रपतिको निधन भएको खवर शनिबार सार्वजनिक गर्दै भने , “क्युवाको क्रान्तिका सर्वोच्च कमाण्डर तथा पूर्व राष्ट्रपति कास्ट्रोको शुक्रबार राती ११ बजेर २९ मिनेटमा निधन भएको छ ।  क्यास्ट्रो सन् १९५९ देखि १९७६ सम्म  क्युबाका प्रधानमन्त्री थिए भने सन् १९७६ देखि २००८ सम्म राष्ट्रपति थिए । 
 
फिडेल क्यास्ट्रोको जीवनी
 
अमेरिकाको नाकै मुनिको राष्ट्र क्युवाको १९५९ मा सशस्त्र क्रान्तिमार्फत साम्यवादी व्यवस्थाको स्थापना गरेर अमेरिकाको टाउको दुखाईको विषय बन्दै आएका फिडेल क्यास्ट्रोको जन्म १३ अगस्ट १९२६ मा एउटा सम्पन्न जमिन्दार परिवारमा भएको थियो । बाल्यकालदेखि नै समाजका अन्याय र भेदभावलाई नजिकबाट देख्दै आएका उनको बाल्यकालदेखि नै गरिब र पिछडिएका वर्गप्रति सदा सहानुभूति रहन्थ्यो । 
 
उनी सानैदेखि सहयोगी र मिलनसार थिए । तार्किक क्षमता र कुशल अधिवक्ता भएकै कारण धेरैको मन जित्न सफल रहने फिडोल पौडी खेलको सौखिन थिए । सानैदेखि बाठो र चतुर गिनी साथीहरूमा मिलनसार र नेतृत्व लिने क्षमता भएका उनी कम उमेरमै समाजका दमन, उत्पीडन अन्याय, अत्याचारलाई नजिकबाट नियालेकाले उनको स्वभाव विद्रोही हुन पुग्यो । अनुशासन र लगनशीलताका धनी क्यास्ट्रो विद्यालय तहमा मध्यम खाले छात्र नै थिए । उनले हवाना विश्व विद्यायबाट कानुनमा स्नातक गरे । कलेज पढ्ने क्रममा वामपन्थी विचारधारबाट प्रभावित भई उनी क्युवन पिपुल्स पार्टीको सदस्य भए । 
 
मार्च २० सने १९५३  मा अमेरिकाको आशिर्वाद पाएको फुल्गेन्सिपी वाटिस्टाले क्युवामा ‘कु’ गरेपछि विद्रोही स्वभाव भएका क्यास्ट्रोका लागि सह्य हुने कुरा भएन । त्यसैले उनले यसको विरोध गर्न थाले । यसैक्रममा उनले वाटिस्टाको त्यस ‘कु’ का विरुद्ध क्रान्ति गर्न क्यास्ट्रो क्रान्तिकारी संगठनको निर्माणमा लागे । उनकै नेतृत्वमा सन् १९५३ मा स्यान्टियागो डे क्युवामा रहेका मोनकाडा आर्मी ब्यारेकमा सैनिक आक्रमण गरियो । जसमा क्यास्ट्रोलाई साथ दिने ६० जना होनहार क्रान्तिकारी योद्धा साथीहरू मारिए । सो असफल आक्रमणमा क्यास्ट्रो लगायत उनका धेरै सहयोगी गिरफ्तार भए । सो विद्रोह असफल भए पनि उनी हार खानेवाला थिएनन् । जेलमा रहँदा नै उनले आन्दोलनको सिर्जना गरेका कारण वाटिस्टा सरकार २२ महिनामा नै क्यास्ट्रोलाई रिहा गर्न बाध्य भयो । 
 
रिहा पश्चात उनी मेक्सिको पुगे । जहाँ उनको भेट चिकित्सक चे ग्वेरासँग भयो । क्रान्किारी र बहादुर योद्धा चे ग्वेभारासँगै उनको विद्रोही भावना झनै ऊर्जा मिल्यो । चे ग्वेभारा एउटा त्यस्तो व्यक्ति थिए । त्यस्तो योद्धा थिए । जसको वीरताको वर्णन गरेर सकिदैन । उनी एकदमै विद्रोही र बहादुर क्रान्तिकारी योद्धा थिए । चे ग्वेभेरासँगको भेटपछि क्यास्ट्रो  उनका भाई राउल र चे मिलेर एउटा क्रान्तिकारी छापामार दस्ताको निर्माण गरे । आगो झैँ फुट्न सक्ने तेजिला युवाहरूको क्रान्तिकारी छापामार दस्ता भएपछि लगनशीलता, त्याग र संर्घषका खानी क्यास्ट्रोको नेतृत्वमा लापलाताको सैनिक चौकी कब्जा गरियो । 
 
दुई छोटो अवधिमा नै क्यास्ट्रोको छापामार दस्तालाई महत्वपूर्ण सामरिक सफलता मिल्यो । उनको नेतृत्वमा संचालित क्रान्ति दिन दुईगुना र राता चौगुनाले वृद्धि हुँदै गयो । जसमा उनका क्रान्तिकारी सहयोद्धा चे ग्वेभाराको महत्वपूर्ण योगदान रहेको छ । उनको नेतृत्वका छापामारले वाटिस्टा सरकराले जनतालाई चरम दमन गर्न कारवाही गर्न थाल्यो । तर साम्यवादी लक्ष्य बोकेका संसार जित्ने मनसाय भएका क्रान्तिकारी योद्धा छापामारहरू झै खरो गरी उत्रन थाले । जसमा विशाल जनसमुदायको विशाल समर्थन र शुभेच्छा पाएका क्रान्तिकारी योद्धा क्यास्ट्रोको सफलताका अगाडि वाटिस्टा सरकार घुँडा टेक्न बाध्य भयो  र सन् १९५९ मा मुलुक छाडे । 
 
वाटिस्टाको पलायनपश्चात पुनः सैनिक अधिकृत जुन्ताले सैनिक ‘कु’ गरेर शासन सत्ता कब्जा गर्‍यो । अमेरिकी आडभरोसा र निर्देशनमा वाटिस्टा हटेपनि क्युवामा फेरी अर्को निरकुंशता जन्मियो । वाटिस्टाको दमनलाई भर्खर मुक्ति भएका क्युवाली जनतालाई यो कुरा सह्य हुने कुार भएन  । अmभै क्रान्तिलाई बुलन्द पार्दै लगे । जसमा झनै धेरै जनताहरू समर्थन र सहभागी हुन थाले । तरपनि अमेरिकी कृपा पाएको जुन्ता सरकारले क्रान्तिकारीहरूको निर्मम दमन गर्न थाल्यो । अमेरिकी साथ र सहयोग पाएको जुन्ताले आँखै नहेरी आफ्नो शक्तिको मान गरिब सर्वहारा जनतामाथि पोख्न थाल्यो । निर्मम र कायरतापूर्ण यातना साथै  जथाभावी सफाय गर्न थाल्यो । 
 
यसरी क्रान्तिकारी योद्धाहरूलाई अमेरिकी सहयोगमा विभिन्न किसिमका अपरेसन र कार्वाही गरी मार्न थाल्यो । निर्दोष र गरिब जनतालाई विनाकारण चरम यातना दिने बलात्कार गर्ने, जिउँदै जलाउने आदि मानवता विरोधी काम गर्न थालेपछि जनताहरू विद्रोहमा अझै कटिबद्ध भएर लाग्न थाले । जसले गर्दा क्यास्ट्रोलाई थप हौसला मिल्यो र उनले सैनिक कारवाहीको उच्च बनाएर देशका सम्पूर्ण सैनिक, राष्ट्रिय ढुकुटी र अमेरिकाको साथ र सहयोग हुँदा हुँदै पनि जुन्ताको शक्ति बिस्तारै फिका सावित हुँदै गयो ती क्रान्तिकारी छापामार योछाका सामुन्ने । उसले प्रयोग गरेका कुने पनि ति कलमवादी चालले काम र्ग सकेन । अरुको दमनले पनि क्रान्तिकारी योद्धाको विद्रोहलाई साम्य पार्न सकेन र अन्त्यमा ऊ कमजोर स्थितिमा आईपुग्यो । क्रान्तिकारी नेता क्यास्ट्रोले जुन्ता शासन विरुद्ध भिषण संघर्षको लागि क्युवेली जनतालाई आह्वान गरे । उनको आह्वानबाट उत्साहित भई लाखौँ क्युवाली जनता सडकमा उत्रिएका थिए । 
 
 
१ जुन, १९५९ मा विद्रोही सेनाले शान्ता क्लारामाथि कब्जा जमाए । त्यसको भोलिपल्ट क्यास्ट्रोका सहयोद्धा चे ग्वेभेराको नेतृत्वमा रहेको विद्रोही सेनाले हवाना कब्जा गर्‍यो र निरंकुश सैनिक शक्तिको आडमा शासन गरेका जुन्तालार्इृ पराजित गर्‍यो । सन् १९५९ जुलाईमा जब क्यास्ट्रो हवाना आइपुगेर लाखौ जनताले आफ्नो प्यारो नेताको भव्य स्वागत गरे । १६ नोभेम्बर १९५९ मा क्यास्ट्रो देशका प्रधानमन्त्री र पछि राष्ट्रपति भए । फिडेल क्यास्ट्रोको नेतृत्वमा अमेरिकी साम्राज्यवादलाई चुनौती दिँदै अन्त्यमा फिडेल क्यास्ट्रोले क्युवालाई निरंकुश तन्त्रबाट स्वतन्त्र पारी न्यायपूर्ण समाजवादी शासन व्यवस्था चलाउन सफल भए । जुन आजसम्म निरन्तर क्युवाली जनताका हितमा चलिरहेको छ । क्यास्ट्रोलाई राजनीतिक गुरु मान्ने र उनको असाधारण व्यक्तित्वबाट प्रभावित भई क्युवाली क्रान्तिमा सहयोगी भूमिका निर्वाह गर्ने चे ग्वेभारालाई क्युवाको नागरिकता प्रदान गर्नुका साथै राष्ट्रिय बैंको अध्यक्षको जिम्मेवारी पनि दिइयो । क्यास्ट्रो भन्छन्, ‘हामी समाजवादी शासन माध्यमबाट समृद्ध जीवन र दिगो शान्तिको स्थापना गर्दै यस दिशामा अगाडि बढ्न चाहन्छौँ ।’
 
क्यास्ट्रोको नेतृत्वमा आफ्नै नाकै मुनिको राष्ट्र क्युवामा समाजवादी शासन व्यवस्थाको स्थापना अमेरिकाको लागि सह्य हुने कुरै भएन साम्राज्यवादी अमेरिकाको छविमै यसरी फिडोल क्यास्ट्रोले समाजवादी शासन व्यवस्था गरेपछि अमेरिकाको रिसको पारो असाधारण तरिकाले बढ्न थाल्यो । उसले क्युवालाई पाठ सिकाउन आतुर रह्यो । यसैक्रममा जो. एफ कमेडीको नेतृत्वमा रहेको अमेरिकी सरकारले भाडाका सेनामार्फत अप्रिल १६, १९६१ म अफ पिग्समा आक्रमण गरे । तरपनि क्युवाली सेनालाई केही गर्न सकेन । क्रान्तिकारी र जुझारु क्युवाली सेना समक्ष आत्मसमपर्ण गरे । हारबाट तिल्मिलाएको अमेरिका क्युवालाई बदला लिन हरतरको चाल बाजी अपनाउन थाल्यो । यसैक्रममा आफ्नो कायरता प्रदर्शन गर्दै अमेरिकाले पछाडिबाट क्युवामा क्रान्ति सफल गर्दै फेरी छिमेकी राष्ट्र बोलिभीयाको मुक्तिको लागि लडिरहेको क्यास्ट्रोका सहयोद्धा चे को विभत्वस हत्यो गर्यो । बोलिभियाका मुक्तिको लागि लडिरहेका चेलाई सि.आई.ए.को एजेण्टले जंगलमा फेला पारी हत्या गरी आफ्नो स्वरुप झनै छर्लङगियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ