arrow

समितिमा रहेका विधेयक चाँडो पारित गरेर संसद्‌मा ल्याउन सभामुखको निर्देशन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १८ मंगलबार
devraj-ghimire-nirdeshan.jpg

काठमाडौँ ।  सभामुख देवराज घिमिरेले संसदीय समितिमा रहेका विधेयकहरूलाई छिटोभन्दा छिटो पारित गरेर संसद्‌मा ल्याउन निर्देशन दिएका छन् । मंगलबार संसदीय समितिका सभापतिहरू र राष्ट्रिय दलका प्रमुख सचेतक तथा सचेतकहरूसँगको बैठकमा बोल्दै सभामुख घिमिरेले समितिमा रहेका विधेयकहरूलाई पारित गरेर संसद्‌मा ल्याउन निर्देशन दिएका हुन्। 

उनले समितिमा छलफलको क्रममा रहेका विधेयकहरूलाई संसद्‌को आगामी अधिवेशन आह्वान हुनुभन्दा अगाडी नै बैठक बसी टुङ्ग्याउन निर्देशन दिएका छन् । बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभामुख घिमिरेले बैठकमा समितिमा भएका विधेयकहरूको अवस्थाको बारेमा जानकारी लिएको बताए । उनले आगामी अधिवेशनमा संसद्‌मा आउने अवस्थामा के कति विधेयकहरू छन् भन्ने सन्दर्भमा जानकारी लिएको र आगामी अधिवेशनमा विधेयक ल्याउने गरी तयारीस्वरुप बैठक राखिएको बताए । सभामुख घिमिरेले आवश्यक पर्दा आगामी अधिवेशनलाई सहज रूपमा अगाडी बढाउनका लागि राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्ने पनि बताए ।

बैठकपछि अर्थ समितिका सभापति सन्तोष चालिसेले सभामुखले समितिमा रहेका विधेयकलाई चाँडोभन्दा चाँडो पारित गरेर ल्याउन निर्देशन दिएको बताए । उनले समितिको बैठक बस्दा गणपूरक सङ्ख्या नपुग्ने समस्या रहेको भन्दै समितिलाई परेका अप्ठ्याराहरूको बारेमा पनि समिति सभापतिहरूले सभामुख समक्ष राखेका जानकारी दिए । उनले आगामी बजेटमा संसदीय समितिहरूलाई पनि पर्याप्त बजेट विनियोजन गर्न ध्यानाकर्षण गराइएको पनि बताए । उनले समिति बैठकमा सांसदहरूको अनिवार्य उपस्थितिका लागि दलका सचेतकहरूलाई पनि आग्रह गरिएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ