- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
तौलिहवा। कपिलवस्तु जिल्लाको तौलिहवामा राष्ट्रिय एकता अभियानको महत्त्वपूर्ण जिल्ला सम्मेलन सम्पन्न भएको छ। अभियान सो सम्मेलनले सङ्घीय हिन्दू गणतन्त्रको स्थापना, चिनियाँ विस्तारवाद र इस्लामिक अविवाद विरुद्ध चेतना जगाउने उद्देश्यले आयोजना गरेको बताएको छ।
सम्मेलन गृजेश चौधरीको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथिको रूपमा राष्ट्रिय अध्यक्ष विनय यादवको उपस्थिति रहेको थियो। विशिष्ट अतिथिमा प्रदेश सांसद मधुसूदन शरण चौधरी (कुर्मी )का साथै अन्य अतिथिहरूमा युवा नेता कैलाश अग्रहरी ,हिन्दू स्वेमसेवक सङ्घका जिल्ला सह संघचालक दिनेश चौधरी, विश्व हिन्दू परिषद्का जिल्ला अध्यक्ष अशोक पाण्डेय , अन्तर्राष्ट्रिय हिन्दू परिषद्का जिला अध्यक्ष वीरेन्द्र चौधरी लगायतको उपस्थिति थियो।
नेपालमा हिन्दू गणतन्त्र स्थापना गर्न अभियानले सशक्त आन्दोलन गरिरहेको छ। सम्मेलनमा हिन्दू धर्मको महत्त्व र नेपालको राष्ट्रिय पहिचानमा यसको भूमिकाबारे प्रकाश पारिएको थियो।
त्यस्तै, अभियानले चीनको बढ्दो क्षेत्रीय अतिक्रमण र इस्लामिक कट्टरपन्थी विरुद्ध निरन्तर आवाज उठाइरहेको छ। सम्मेलनमा यस्ता खतराका बारेमा जनचेतना जगाउने र त्यसको सामना गर्ने रणनीति बनाउने विषयमा छलफल भएको थियो।
सम्मेलनको समापनमा अभियानका राष्ट्रिय अध्यक्ष विनय यादवले भने, "अभियान नेपालको अखण्डता, संस्कृति र स्वाधीनताको रक्षा गर्न प्रतिबद्ध संस्था हो, हामी समृद्ध र शक्तिशाली हिन्दू राष्ट्र निर्माण गर्न अथक प्रयास गरिरहेका छौँ, र हामी गर्नेछौँ। कुनै पनि विदेशी शक्तिलाई हाम्रो देश कमजोर हुन नदिने।”