arrow

प्रतिनिधि सभाको समय सरेपछि राष्ट्रिय सभाको बैठक साढे ४ बजे बस्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३ बिहिबार
Parliament_building.png

काठमाडौँ । राष्ट्रिय सभाको बैठक अपराह्न ४ः३० बजे बस्ने भएको छ। यसअघि दिउँसो १ः१५ बजेका लागि तय भएको बैठक साढे ४ बजेका लागि सारिएको हो ।

बैठक विशेष कारणबस तोकिएको समयमा बस्न नसकेको सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयद्वारा आज जारी सूचनामा उल्लेख छ । 

राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ उपनियम (३) बमोजिम राष्ट्रिय सभा अध्यक्षले बैठक सारेको सूचनामा उल्लेख छ ।

सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेबारे छानबिन गर्न छानबिन संसदीय समिति नबनाएसम्म संसद चल्न नदिने अडान लिएको प्रमुख प्रतिपक्षसँग सहमति नजिक पुगेको भन्दै संसद सचिवालयले बैठक ढिला गरी शुरु हुने जनाएको छ । 

प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्नुपर्नेमा ४ बजे बस्ने भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ