arrow

राष्ट्रिय सभामा कांग्रेसको अवरोध [भिडियो]

शुक्रबारसम्मका लागि बैठक स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३ बिहिबार
congress-upper-house.jpg

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेमाथि छानबिन समिति बनाउन सहमति नजुटेपछि नेपाली कांग्रेसले राष्ट्रिय सभा बैठक अवरोध गरेको छ ।  कांग्रेसले राष्ट्रिय सभा बैठक अवरोध गरेपछि बिहीबारको राष्ट्रिय सभा बैठक स्थगित भएको छ । बैठक शुक्रबार १ बजेर १५ मिनेटमा बस्ने गरी स्थगित भएको हो । 

बैठक शुरु भएपछि सभाको कारबाही प्रस्तुत गर्ने क्रममा नेपाली कांग्रेसका सांसदहरूले उठेर विरोध जनाएका थिए । 

कांग्रेसले विरोध जनाएसँगै राष्ट्रिय सभा अध्यक्षले संसद बैठक शुक्रबार सम्मका लागि स्थगित गरेका हुन् । सो क्रममा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाको ७ वर्षको इतिहासमा नयाँ नयाँ पन देखिन थालेको महसुस भएको बताए । 

उनले राष्ट्रिय सभामा विरोध गर्ने कुराले सबैलाई अप्ठ्यारो भएको र बाहिर नयाँ किसिमको परिचर्चा शुरु भएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ