arrow

शुक्रबार दिउँसो बस्ने गरी राष्ट्रिय सभा स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३ बिहिबार
rastriya-sabha-81-2-3.jpg

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभाको आजको बैठक पनि अवरुद्ध गरेको छ । आजको बैठक शुरु हुनासाथ कांग्रेसका सांसदहरुले उठेर बैठक अवरोध गरेका थिए ।

कांग्रेसका सांसदहरुले अवरोध गरेपछि अध्यक्ष नारायण दाहालले गरेको अनुरोध कांग्रेसका सांसदहरुले अस्वीकार गरेका थिए ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै संसद अवरोध गरिरहेका छन् ।

कांग्रेसको अवरोधपछि अध्यक्षले राष्ट्रिय सभाको बैठक शुक्रबार १ः१५ बजेसम्मका लागि स्थगित गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ