arrow

कांग्रेसको अवरोधपछि राष्ट्रिय सभा बैठक आइतबारलाई डाकियो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ४ शुक्रबार
rastriyasabha-congress-biro.jpg

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभाको आजको बैठक पनि अवरुद्ध गरेको छ । आजको बैठक शुरु हुनासाथ कांग्रेसका सांसदहरुले उठेर बैठक अवरोध गरेका थिए ।

कांग्रेसका सांसदहरुले अवरोध गरेपछि अध्यक्ष नारायण दाहालले गरेको अनुरोध कांग्रेसका सांसदहरुले अस्वीकार गरेका थिए ।

कांग्रेसले सहकारी ठगि प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै संसद अवरोध गरिरहेका छन् ।

कांग्रेसको अवरोधपछि अध्यक्षले राष्ट्रिय सभाको बैठक आइतबार १ः १५ बजेसम्मका लागि स्थगित गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ