arrow

राष्ट्रिय सभामा कांग्रेसको अवरोध [भिडियो]

मंगलबारसम्मका लागि स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ७ सोमबार
congress-upper-house.jpg

काठमाडौँ ।  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधसँगै राष्ट्रिय सभा बैठक पनि स्थगित भएको छ । 

सोमबारको राष्ट्रिय सभा बैठकमा पनि कांग्रेसका सांसदहरुले उठेर बिरोध जनाएपछि बैठक स्थगित भएको हो । 

कांग्रेसको बिरोधपछि बैठक मंगलबार सवा १ बजेसम्मका लागि स्थगित भएको छ । 

सो क्रममा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक अवरुद्ध हुँदा काम कारबाहीह अघि बढ्न नसकेको र प्राप्त उपलब्धिहरुमाथि औंला ठड्याउने काम भइरहेको बताए । 

उनले राष्ट्रिय सभा सबै समस्या हल गर्ने थलो भएकाले आसन ग्रहण गरेर बैठक सञ्चालन गर्न दिन आग्रह गरे । 

अध्यक्षको आग्रहपछि पनि कांग्रेसले उठेर बिरोध जनाएपछि बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको अध्यक्ष दाहालले घोषणा गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ