arrow

राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ११ शुक्रबार
congress-upper-house.jpg

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । 

आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उठेर विरोध जनाएपछि आजको बैठक सञ्चालन हुन नसकेको हो ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठक सञ्चालनका लागि सहजीकरण गर्न प्रतिपक्ष दलहरुलाई आग्रह गरेका थिए । 

त्यसपछि पनि प्रतिपक्षको विरोध कायमै रहेपछि आजको बैठक स्थगित भएको उहाँले जानकारी दिए । 

सभाको अर्को बैठक यही जेठ १३ गते आइतबार बिहान ११ः३० बजे बस्नेगरी स्थगित भएको छ ।

यता प्रतिनिधि सभाको बैठकमा पनि कांग्रेसले अवरोध गरेपछि स्थगित भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ